ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू–२० च्याम्पियनसिप फाइनल : नेपाललाई घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १ : ४०   बजे

काठमाडौं १२ भदौ । घरेलु मैदानमा भइरहेको साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ ।

फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

सुरुमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यू–२० को फाइनल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि दैनिक पानी परिरहेकाले फाइनल खेल पनि एन्फा कम्प्लेक्समै खेलाउन लागिएको हो ।

सिनियरतर्फ नेपालको पुरुष र महिला दुवै टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । यस्तोमा नेपाललाई साफ क्षेत्रमा जुनियर टिमले नै सफलता दिलाउँदै आएका छन् ।

नेपालको सिनियर पुरुष टिम सन् २०२१ मा भएको साफ च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै महिला टोली २०२२मा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

त्यसैले नेपालका लागि जुनियर टोलीले यसअघि दिलाएको सफलता दोहोर्‍याउने अवसर छ । सन् २०१५ मा नेपालबाटै साफ यू–१९ च्याम्पियनसिपको नामबाट सुरु भएको प्रतियोगिता कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट हुँदै आएको छ ।

च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।

सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो ।

यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।

रमाइलो संयोग

७ वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । यस पटक फाइनल प्रतिद्वन्द्वी बंगलादेश रहेको छ । बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

 

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ ।

जारी संस्करणमा गरी नेपाल र बंगलादेश अहिलेसम्म चार पटक आमने–सामने भएका छन् । जसमा नेपालले बंगलादेशलाई ३ पटक पराजित गरेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०१५, २०१७ र २०२४ को लिग चरणमा नेपालले बंगलादेशलाई समान २–१ ले पराजित गरेको थियो भने २०२२ मा १–१ को बराबरी भएको थियो ।

अर्को रमाइलो संयोग के छ भने नेपालले यसअघि बंगलादेशलाई लिगमा पराजित गर्दा दुवै संस्करणमा उपाधि जितेको थियो । यस पटक पनि नेपालले लिगमा बंगलादेशलाई पराजित गरिसकेको छ र फाइनल पनि उही टिमसँग परेको छ ।

घरेलु मैदान र दर्शकको साथ

यस पटक घरेलु दर्शक र मैदानको साथ पाएको नेपाली युवा टोली उपाधि जित्नबाट एक कदम मात्रै टाढा छ । नेपाल सर्वाधिक ३ पटक च्याम्पियन बनेर भारतसँग बराबरी गर्ने लक्ष्यमा छ । उता बंगलादेशको नजर पनि पहिलो उपाधिमा छ ।

नेपाललाई यस पटक घरेलु मैदान र घरेलु समर्थकको साथ छ । जसको फाइदा नेपाललाई हुनेछ । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि बारम्बार यही भनिरहेका छन् । झन् नेपालले अभ्यास गरेकै एन्फा कम्प्लेक्समा खेल हुँदा त्यसको अझ फाइदा नेपाली टोलीलाई मिलेको छ ।

प्रशिक्षक श्रेष्ठले नेपाल र बंगलादेश समूह चरणमा खेलिसकेकोले एक अर्काका बारेमा थाहा भएको र राम्रो खेल हुने अपेक्षा राखेका छन् । ‘नेपाल र बंगलादेश समूह चरणमा खेलिसकेकाले एक अर्काको बलियो र कमजोर पक्षबारे जानकार छन् । दुवैले विपक्षी टिमको राम्रोसँग विश्लेषण गरेका छन् । योजना बनाएका छन् । फाइनल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने ।

नेपालका कप्तान कुशल देउवाले पनि फाइनलका लागि राम्रो तयारी गरेको बताए । ‘समूह चरणमा बंगलादेशलाई पराजित गरेका थियौँ । फाइनलमा पनि बंगलादेश नै छ । हामीले राम्रोसँग तयारी गरेका छौँ,’ उनी भन्छन् ।

नेपालका मुख्य हतियार

नेपालले समूह चरणमा बंगलादेशलाई २–१ ले पराजित गर्दा ससिर तामाङ र निराजन धामीले गोल गरेका थिए । नेपालको अग्रपंतिमा यी दुई खेलाडी मुख्य हतियारका रुपमा छन् । समिरले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

कप्तान कुशल देउबा, अनिल बम्जन र अविनाश स्याङ्गतान मिडफिल्डमा हुनेछन् ।

 

यस्तै डिफेन्समा सिमान्त थापा र अश्विन घोरसैनी सहित राम थापा र सविन तिम्सिना छन् । गोलपोष्टको जिम्मेवारी जियारथ शेखले सम्हाल्ने छन् ।

सेमिफाइनलमा जियारथले दुई पेनाल्टी रोकेपछि नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको थियो ।

बंगलादेशका प्रशिक्षक मरुफुल हकले घरेलु टोली नेपालसँगको फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । ‘नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो । किनकी धेरै खेलाडीले यहीँ खेलेका छन् । फाइनल प्रतिस्पर्धात्मक हुनेछ र हामी फाइनलका लागि तयार छौँ,’ उनले भने ।

पछिल्लो समय नेपाली फुटबल मैदान भित्रभन्दा मैदान बाहिरको गतिविधिले गर्दा नकारात्मक रुपमा धेरै चर्चा भइरहेको छ । त्यस्तो अवस्थामा यू–२० टिमले उपाधि जित्ने सके यसले नेपाली फुटबलमा केही सकारात्मक सन्देश ल्याउन सक्ने फुटबल विश्लेषकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group