ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १ : ४४   बजे

काठमाडौं १२ भदौ । २ देखि ९ मंसिरमा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो ।

मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ग्यारेन्टी माग गरेको छ । तर मन्त्री चौधरीले तोकिएको समयमा प्रतियोगिता हुनेमा खेलाडीहरुलाई विश्वास दिलाउन सकेनन् ।

 

मन्त्रीसँगको भेटपछि संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘हामीले १० औं खेलकुदको मिति तय गर्न भनेका थियौं । मन्त्रीज्यूले व्यवस्थापकीय हिसाबले निर्धारित मितिभन्दा केही पछि सर्ने बताउनुभएको छ ।’

कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिव विश्वमित्र सञ्ज्याल भने निर्धारित मितिमा प्रतियोगिता गर्न सक्ने बताउँछन् । असोज मसान्तसम्म पूर्वाधार निर्माणको काम सक्ने भन्दै उनले भने, ‘पूर्वाधारको कारणले १० औं खेलकुदको मिति पछाडि सर्दैन ।’

 

पूर्वाधार निर्माणमा अझै एकदेखि डेढ महिना लाग्ने देखिन्छ । हाल राखेपको इन्जिनियरिङ टिम सुर्खेतमा नै रहेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ४ भदौमा सुर्खेत गएर पूर्वाधार निर्माण र व्यवस्थापकीय पक्षबारे जानकारी लिएका थिए । उनले राखेपको इन्जिनियरिङ टिमलाई २० भदौभित्र पूर्वाधार र व्यवस्थापकीय पक्षबारे मूल्यांकन गरेर जानकारी दिन भनेका छन् ।

आवास व्यवस्थापनको चिन्ता

१० औं राष्ट्रिय खेलकुदको कार्यविधि हालसम्म बनेको छैन । खेलाडीको पोशाकको टेण्डरसमेत भएको छैन । ‘अझै १० देखि १५ दिन कार्यविधि पास हुन लाग्न सक्छ त्यसपछि खेलाडी पोशाकको टेण्डर कम्तीमा पनि एकरडेढ महिना लाग्छ । दशैं–तिहार बिदा पनि आयो । त्यसले गर्दा केही पछि सर्न सक्छ’, राखेपका एक अधिकारीले भने ।

त्यस्तै सुर्खेतमा खेलाडीहरुको आवास तथा बसाइ पनि चुनौतीपूर्ण रहेको अनुगमनका क्रममा मन्त्री चौधरीले बताएका थिए । ‘सुर्खेतमा बजार व्यवस्थापन र आवासको पनि समस्या हुन सक्छ भनेर मन्त्रीज्यू आफैंले भ्रमणको दौरान अनुभव गरेको बताउनुभएको थियो’, खेलाडी संघका अध्यक्ष श्रेष्ठले भने ।

पूर्वाधार बाहेकका पक्षमा भने आफूहरुले जिम्मा लिन नसक्ने कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्याल बताउँछन् । ‘पूर्वाधारबाहेक अन्य समस्याहरु निकाल्ने भए त निस्कन्छन् । तर त्यसमा हामीलाई जिम्मेवारी छैन । हामी पूर्वाधारको कारण भने १० औं राष्ट्रिय खेलकुद सर्न दिँदैनौं’, उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu