ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा कांग्रेस–रास्वपा टुँडिखेलको नाराबाजीबारे आमनेसामने


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   ३ : ०३   बजे

काठमाडौं १२ भदौ ।  काठमाडौँको टुँडिखेलमा गत सोमबार भदौ १० दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीको विषयले संसद्‌मा पनि प्रवेश पाएको छ।

उक्त कार्यक्रममा नाराबाजी गर्नेमध्येका दुईजनालाई मंगलबार प्रहरीले भिडिओ फुटेजको आधारमा पक्राउ गरेको थियो। तर, उक्त पक्राउप्रति संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ।

‘कमिलाको उड्ने बेलामा प्वाँख पलाउने’ प्रसंग झिक्दै रास्वपा सांसद हरि ढकालले तत्काल पक्राउ परेका युवाहरूको रिहा गर्न माग गरेका छन्।

टुँडिखेलमा आयोजित सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए। भिडबाट युवाहरूले पुराना नेताहरूको विरोधमा ‘मुर्दावाद’ सम्मको नारा लगाएका थिए।

युवाहरूको उक्त शैलीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले धैर्य हुन आग्रह गरे भने सभापति देउवाले ‘बदमास’ को संज्ञा दिएका थिए।

टुँडिखेलमा ‘मुर्दावाद’ को नारा लागेपछि झोक्किए देउवा, भने– लाज नभएका बदमासहरू
कार्यक्रममै भाषणका क्रममा देउवाले यसरी ‘कार्यक्रम बिथोल्नेहरूलाई ठिक पार्ने’ चेतावनी समेत दिएका थिए। लगत्तै, मंगलबार प्रहरीले दुई युवालाई पक्राउ गर्दै अन्यमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका थिए।

उक्त घटनाप्रति आपत्ति जनाउँदै रास्वपा सांसद ढकालले सरकारले गलत काम गरेको टिप्पणी गरे। उनले विरोधका आवाजहरू सुन्नसक्ने धैर्यर्ता सरकारले राख्न सक्नुपर्ने बताएका छन्।

‘विल्कुल गलत भएको छ। विरोधका बोलीहरू त्यो पनि युवाले राखेको कुरा राज्यले सुन्नसक्ने धैर्यता राख्न सक्नुपर्छ,’ बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने।

सरकारले भिडिओ फुटेजको स्क्रिनिङ नै गरेर युवाहरूलाई पक्राउ गर्न थालेको जानकारी संसद्लाई गराउँदै ढकालले भनेका छन्, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे भन्छु म। यसलाई अराजकता शैली वा अनेक अनेक बाहना लगाएर सरकारले भिडिओ फुटेज स्क्रिनिङ गरी गरी हिजोबाट हिरासतमा राख्न थालेको रहेछ। यो विल्कुल गलत भएको छ।’

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ, अन्यमाथि अनुसन्धान हुँदै
सांसद ढकालको उक्त भनाइप्रति कांग्रेसका मुख्य सचेतक समेत रहेका सांसद श्यामकुमार घिमिरेले आपत्ति जनाए। उनले उक्त कार्यक्रममा युवाहरूले गरेको नाराबाजी उच्छृङ्खल नै भएको दाबी गरे।

‘गौरा पर्व विशुद्ध सांस्कृतिक कार्यक्रम हो। सुदूरपश्चिमको सांस्कृतिक परिचय पनि हो। त्यो कार्यक्रममा जुन ढंगको प्रवृत्ति भयो, त्यो उच्छृङ्खल र अराजक नै थियो। त्यो व्यवहार चाहे युवा, वृद्ध, जुनसुकै लिङ्ग, धर्म जसले गरेको भएपनि त्यो उच्छृङ्खलनै हो,’ घिमिरेले भनेका छन्।

साथै, उनले यस्त विषयलाई संसद्मा उठाएर समाज र मुदुकलाई कता लान खोजेको भन्दै प्रश्न गरे।

‘त्यस्तो कुरालाई लिएर हामीले संसद्मा प्रश्न उठाउन थाल्यौँ भने हामीले मुकुल र समाजलाई कता लाँदैछौँ, यो कुरामा संसद्कै गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहेँ,’ घिमिरेले भने।

रास्वपा सांसद ढकालले भने विरोधको आवाज सुन्नसक्ने धैर्यता सरकारले नराखेको भन्दै देउवा र ओलीलाई ‘सिंहदरबारभित्रका बेइमान’ भनिदिए।

‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेको कुरा राज्यले सुन्नसक्ने धैर्यता राख्न सक्नुपर्छ। स्वदेशमा रोजगारीबाट बञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदार गर्दैगर्दा यसरी समाउन पाइँदैन। ती युवाहरूको तत्काल रिहा गर्न म चाहन्छु,’ सांसद ढकालले भनेका छन्।

उनले अघि थपे, छविभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार आएको छ। कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ, त्यस्तो नहोस्। सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ। ती युवाहरूलाई समाउने हो भने टुँडिखेलभरी उभिएका सबैेलाई समाउनुपर्छ। त्रसित नबनाउनुस् युवालाई म गृहमन्त्री र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu