ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुको प्रतिबद्धता नआएसम्म विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न सकिँदैन : शिक्षामन्त्री


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   ३ : ३२   बजे

काठमाडौं १२ भदौ । शिक्षामन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप रोक्न राजनीतिक दलहरुको प्रतिबद्धता नआएसम्म मन्त्रालयले केही गर्न नसक्ने बताएकी छिन् । त्यसका लागि राजनीतिक दलहरुसँग छलफल गरेको उनले बताइन् ।

बुधबार सञ्चारकर्मीहरुसँगको भेटमा मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप रोक्न तथा समग्र शैक्षिक सुधारको विषयमा दलका नेताहरुसँग छलफल गरेको सुनाइन् ।

यस अघिकी शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय तहका शिक्षकलाई दलगत आवद्धता त्याग्न निर्देशन दिएकी थिइन् । तत्कालीन मन्त्री श्रेष्ठको निर्देशन पश्चात ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता परित्याग समेत गरिसकेका थिए ।

तर मन्त्री भट्टराईले उक्त निर्देशनका विरुद्ध अभिव्यक्ति दिँदै आइरहेकी छिन् । मन्त्री भट्टराईको अभिव्यक्तिको आचोलना भइरहेका बेला उनले शिक्षामा दलगत हस्तक्षेप रोक्न राजनीतिक दलहरुसँग छलफल शुरु गरेको बताइन् ।

 

रास्वपा, एमाले लगायत दलका महामन्त्री, महासचिवहरुलाई बोलाएर छलफल गरेको र कांग्रेसका महामन्त्रीहरु व्यस्त भएकाले उपस्थित नभएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘विश्वविद्यालयभित्र अहिलेको अवस्था जे छ त्यसमा पार्टीहरुको कमिटमेन्ट नआउँदासम्म मन्त्रालयले केही गर्न सक्दैन, त्यसैले पार्टीहरुको कमिटमेन्ट आउनुपर्छ भनेर मैले माग राखेको थिएँ ।’

विश्वविद्यालयमा राजनीतिक भागबण्डाले उच्च शिक्षामा असर गरेको भन्दै गुनासो आइरहेको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तिमा समेत एमाले र कांग्रेस बिच कुन पार्टीका सहप्राध्यापकलाई विभागीय प्रमुख बनाउने भन्ने विवाद भएको थियो ।

आफ्नो पक्षको व्यक्तिलाई नियुक्तिको माग गरेर एक समूहले विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिएको भन्दै मन्त्री भट्टराईले फेसबुक स्टाटस लेखेर गृहमन्त्रीसँग सुरक्षा माग गरेको विषय चर्चित भएको थियो ।

आउने हप्ताबाट सबै विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगसँग छुट्टाछुट्टै कार्ययोजना सम्बन्धी छलफलको तयारी भइरहेको जानकारी पनि मन्त्री भट्टराईले दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu