काठमाडौं १८ भदौ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलङ्का र बङ्गलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताउनुभयो ।
उहाँले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत हुने बताउनुभयो । उहाँले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अप्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन रातमा कहाँ गर्यो रु भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो रु कति जना जेलमा छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले नेताहरूकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताउनुभयो । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्