ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारीको पुरक जाहेरीमा २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   १ : १८   बजे

काठमाडौं १९ भदौ । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो।

प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ अनुमति लिइएकामा जिबी भन्ने गितेन्द्रबाबु राईका आफन्त र सूर्यदर्शन सहकारीकै पूर्व सञ्चालक तथा कर्मचारीहरू रहेका छन्।

पुरक जाहेरीमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई विपक्षी बनाइएको छ। लामिछाने गृहमन्त्रीबाट हटेसँगै प्रहरीले यो मुद्दाको अनुसन्धानलाई अगाडी बढाएको छ।

तर अहिलेसम्म रविविरुद्ध भने पक्राउ पूर्जी जारी भइनसकेको प्रहरीको भनाइ छ।

कास्की प्रहरीले काठमाडौँमै आएर लामिछानेलाई एक सरकारी कार्यालयमा लगेर प्रारम्भिक सोधपुछ गरिसकेको छ। सहकारी ठगीमा जोडिएका उनी संलग्न कम्पनीमा पनि प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर हब्स र नेचर नेस्ट कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। ती कागजातमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

साउनको पहिलो साता नै यी कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिने प्रहरीको तयारी भएपनि काठमाडौँ प्रहरी प्रमुखले असहयोग गर्दा कास्कीकै टोली काठमाडौँ आउन परेको थियो।

काठमाडौंको प्रहरी प्रमुखमा वसन्त रजौरेलाई लामिछानेले नै सरुवा गरेका हुन्।

प्रहरीले पुरक जाहेरीपछि नै रास्वपाकै सहमहामन्त्री विपिन आचार्य, पूर्व डीआईजी छविलाल जोशी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग पनि कागज गराइसकेको छ।

बरामद भएका कागजात कास्की लगेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। गत माघ १६ गते नै पुरक जाहेरी परेर अनुसन्धान अगाडी बढेको थियो।

पुरक जाहेरी परेको एकसातापछि कास्की प्रहरीले काठमाडौँ प्रहरीको सहयोगमा नेचर हबमा छापा मारेको थियो।

पूर्व डीआईजी छविराज जोशीको घरमा रहेको उक्त कार्यालयमा छापा मारेर प्रहरीले जीबी राईका विभिन्न ६ वटा सहकारीका सफ्टवेयर बरामद गरेको थियो।

ती सफ्टवेयरबाटै रवि लामिछानेसँगका पनि कारोबार खुलेका थिए। बुटवलको सुप्रिम सहकारीको सफ्टवेयर कास्की प्रहरीले पठाइदिएको थियो। सोहीबाट विवरण खुलाएर प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

रविविरुद्ध संसदीय छानविन समितिले पनि बयान लिइसकेको छ। समितिको म्याद १५ दिन थप भएर प्रतिवेदन लेखिरहँदा प्रहरीले पनि मुद्दा लैजाने गरी नै अनुसन्धानलाई अगाडी बढाएको हो।

समितिको प्रतिवेदन आएको केही समयमै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ।

सहकारी ऐन अनुसार उनीहरुलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जीबी भन्ने गितेन्द्रबाबु राई भने मलेसिया भागेका छन्।

अरु पक्राउ परेका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन्। फरार प्रतिवादीहरूको प्रहरीले खोजि गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group