ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   ३ : २२   बजे

काठमाडौं १९ भदौ । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०।७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ ।

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३।१, विकास बैंक २।२, फाइनान्स ५।१, होटल तथा पर्यटन ४।४, हाइड्रोपावर ३।५, लगानी ३।५, जीवन बीमा ३।७, उत्पादन २।५, माइक्रोफाइनान्स १।३, निर्जीवन बीमा २।७, अन्य ३।७ र व्यापार समूह २।६ प्रतिशत घटे ।

बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८।९, धौलागिरि लघुवित्तको ८।४, मानुषी लघुवित्तको ५।९ प्रतिशत मूल्य बढ्यो ।

गुडविल फाइनान्सको मूल्य ८।४ प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको ७।६, सुपरमाइ हाइड्रोपावरको ७।४, तारागाउँ रिजेन्सीको ६।९, सेन्ट्रल फाइनान्सको ६।५, स्वाबलम्बन लघुवित्तको ६।२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धार्थ राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu