ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्ति तत्काल नहुने, कार्यदलको प्रतिवेदन कुर्ने


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   ४ : ०७   बजे

काठमाडौं १९ भदौ ।   उच्च अदालत र सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्ति नहुने भएको छ। नेपाल बार एसोसिएसनले विरोध चर्काएपछि न्याय परिषद्ले तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउने भएको हो।

यसअघि न्याय परिषद्ले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको थियो। यही विषयलाई लिएर भदौ ९ गते परिषद्को बैठक पनि बसेको थियो।

उक्त बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले निकै कनिष्ट र कानुन व्यवसाय पनि नचलेका नाम प्रस्ताव गरेपछि सहमति हुन सकेको थिएन।

लगत्तै नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीको विरोध चर्काउँदै न्याय परिषद्मा धर्ना र र प्रदर्शन गरेको थियो।

बारले दुई दिन लगातार प्रदर्शन गरेपछि प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले वार्तामा बोलाएका थिए। वार्तापछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्याय परिषद् नियमावलीमा सुझाव दिन कार्यदल बनाइएको छ।

राउत न्याय परिषद्का सदस्य पनि हुन्। उक्त कार्यदलले एक हप्तामा प्रतिवेदन दिने भनिएको छ।

कार्यदलमा न्याय परिषद्कै अर्का सदस्य रामप्रसाद भण्डारी, बार अध्यक्ष गोपालकृष्ण घिमिरे, बार महासचिव अञ्जिता खनाल र न्याय परिषद् सचिव यमबहादुर बुढामगर छन्।

गत वर्ष संशोधन गरिएको नियमावलीमा बारले विरोध गर्दै आएको छ।

अदालतका कर्मचारी न्यायाधीशको वरीयतामा अगाडि हुने गरी उक्त नियमावली संशोधन गरिएपछि कतिपय जिल्ला न्यायाधीशले पनि असन्तुष्टि जनाउँदै आएका छन्।

यस कार्यदलले काम गरुन्जेल न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउने र बारले पनि आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष हर्कबहादुर रावलले जानकारी दिए।

प्रधानन्यायाधीश श्रेष्ठ पनि कार्यदलको प्रतिवेदन नआएसम्मको अवधि कुर्न तयार देखिएका छन्।

सर्वोच्च अदालत स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशज्यू, कार्यदललाई दिइएको एक साताको अवधि कुर्नुहुन्छ। त्यसअघि न्याय परिषद्को बैठक पनि बेलाइएको छैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group