ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदूतमा मेरो नियुक्ति रोक्ने व्यवस्था भए देखाउनुस्-कपिल श्रेष्ठको चुनौती


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   ४ : ३७   बजे

काठमाडौं १९ भदौ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले आफू संवैधानिक र कानुनी रुपमा राजदूत हुन योग्य रहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले मानव अधिकार आयोगको सदस्य भएको व्यक्ति अर्को सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने भनेर उजुरी परेको बताएका थिए ।

यससम्बन्धी ब्यवस्था संविधानको धारा २४८ ९८० मा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनिएको छ ।

तर त्यही उपधारामा ‘कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबिन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन’ भनिएको छ ।

 

प्रस्तावित राजदूत श्रेष्ठले यस्तो व्यवस्था नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भएकाले नियुक्तिका लागि बाधा नपर्ने बताए ।

२०५७ सालदेखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य रहेका श्रेष्ठले संविधानले आफूलाई राजनीतिक नियुक्तिका लागि नरोकेको जिकिर गरे ।

२०४८ सालमा निर्वाचन आयोगको प्रमुख आयुक्त रहेका सूर्यप्रसाद श्रेष्ठ बेलायतका लागि राजदूत भइसकेकाले आफ्नो सम्बन्धमा रहेको विवाद स्वतस् समाप्त हुने बताए ।

प्रतिप्रश्न गर्दै रास्वपा सांसद डोलप्रसाद अर्यालले राजदूतलाई सरकारी पद भनेर परिभाषित गरेको बताए ।

जवाफ दिदै श्रेष्ठले भने, ‘मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छ रु छ भने देखाउनुस् । देखाउनुभयो भने मलाई सिफारिस गर्नेलाई ठीक गर्नु भएन भनेर भन्नेछु ।’

तर मानव अधिकार आयोगको सदस्य भएकै आधारमा राजनीतिक नियुक्तिमा बाधा नपर्ने उनले दाबी गरे । श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले गल्ती गर्नुभएको छैन । ठीकै गर्नुभएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group