ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–बुटवल सडकमा दुःख भोगेका यात्रुलाई अब कपिलवस्तुको गोरुसिंगेसम्म सास्ती थपिँदै


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   १२ : ३६   बजे

काठमाडौं २० भदौ । भौतिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा ढिलाइ र लापरबाहीले सर्वसाधारण आजित हुनथालेका छन्।

सडक फराकिलो हुँदा खुसी हुने नेपालीहरु समयमै काम नहुँदा हिलो र धूलोको सास्ती खेप्दै आएका छन्। यही कारण सडक विस्तार हुनलागेपछि खुसी हुनुपर्नेमा अब कति वर्ष यस्तै कष्ट व्यहोर्नुपर्ने हो भन्दै चिन्ताग्रस्त बन्नथालेका हुन्।

काठमाडौंको चक्रपथ कलंकी–महाराजगन्ज, अरनिको राजमार्गको धुलिखेल–खाबा, पश्चिम आउजाउ गर्ने नारायणगढ–बुटवल खण्डको सडकमा विस्तारको काम वर्षौँदेखि उस्तै छ। सर्वसाधारणले दिनहुँ यसको सास्ती खेपिरहेका छन्। सरकारले सडक विस्तारको तथ्यांक प्रस्तुत गरे पनि यात्रुले आरामदायी यात्रा गर्न पाएका छैनन्।

कामको गति बढाएर यस्तो समस्याको हल खोज्नेभन्दा सरकारले थप सडकमा समेत भद्रगोल अवस्था सिर्जना गर्दै आएको छ।

६ वर्षदेखि विस्तार भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा मर्मत र विस्तार नसकिँदै अब बुटवलबाट गोरुसिंगेसम्म फेरि यही सास्ती खेप्नुपर्ने भएको छ।

सडक विभागले बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर गरी सडक निमार्णको प्रक्रिया अघि बढेको छ। बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि सडक २ वटा प्याकेजमा ठेक्का लगाइसकेको छ। गोरुसिंगेसम्मको काम सुरु भएसँगै चन्द्रौटासम्म ठेक्का लगाउने तयारी छ।

बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका अनुसार चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का पाएको छ। १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो।

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापति श्रेष्ठले २ वटा खण्डमा ठेक्का लगाए पनि एउटै कम्पनीले पाएको बताइन्।

उनका अनुसार निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ भने काम सुरु गर्न केही शर्त गर्नुपर्नेछ। सडक विभागका शर्त पूरा भएसँगै दसैँपछि सडक निर्माण विस्तार सुरु हुनेछ।

‘नारायणगढ–बुटवल सडक खण्डबाट पाठ सिकेर गोरुसिंगेसम्मको सडक विस्तार गर्छौँ’, श्रेष्ठले भनिन्, ‘सुरुमा पुरानो सडकलाई नभत्काई छेउबाट काम सुरु गर्छौँ।’

चार लेनको सडक विस्तारमा मुख्य जक्सनमा अन्डरपास र ओभरहेड ब्रिज निर्माण गर्ने डिजाइन तयार भएको बताएकी छिन्।

पूर्व–पश्चिम राजमार्गमा आउजाउ गर्ने र काठमाडौं–पश्चिम नेपाल आउजाउ गर्नेले दैनिक उक्त सडक हुँदै हिँड्नुको विकल्प छैन। २ लेनको सडक ४ लेनमा विस्तार हुँदा स्थानीयलाई समेत सुविधा बढ्ने भए पनि सडक विभागले समयमै काम गराउन नसक्ने र निर्माण व्यवस्थापन चुस्त नहुँदा अप्ठ्यारो हुने गरेको छ।

२०७५ माघमा नारायणगढ–बुटवल सडकको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। ४२ महिनामा सक्नुपर्ने काम २ वर्ष थप गर्दा आधा मात्रै काम सम्पन्न भएको छ। ठेकेदार कम्पनीले करिब ७७ किलोमिटर २ लेनको कालोपत्रे गरेको छ। कम्पनीले केही गति बढाउनेबित्तिकै काम सकिन्छ। तर सरकारले सबै सहयोग गर्दा पनि काम गर्न नसकेको सडक विभागको दाबी छ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले नारायणगढ–मुग्लिङ सडकको नियति नदोहोरिने दाबी गरेका छन्।

‘हामीले सकेसम्म पुरानो सडक नभत्काई सडक विस्तार गर्ने तयारीमा छौँ’, महानिर्देशक पोखरेलले भने, ‘अन्तर्राष्ट्रिय रुपमा राम्रै काम गरेको ठेकेदार भएकाले समस्या नहोलका कि१’

पुरानो सडकलाई मर्मत गरेर एकतर्फी मात्रै काम गर्ने उनको भनाइ छ।

‘नारायणगढ–बुटवल खण्डमा एकै पटक लथालिङ्ग भत्काउँदा यात्रुलाई सास्ती भएको छ’, उनी भन्छन्, ‘वर्किङ मोडालिटी परिवर्तन नै प्रयोग गर्नुपर्छ। सडक विस्तार नै नगरी बस्नु भएन।’

सडक विस्तारमा रुख कटानको धेरै समस्या नभए पनि विद्युतका पोल सार्नुपर्ने मुख्य समस्या छ। यसका लागि विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पोल सारेर काम थाल्ने उनले बताए।

सडक विस्तार गर्दा बजार क्षेत्रमा ८ लेनसम्म र अन्य ठाउँमा ४ लेनसम्म विस्तार हुनेछ। ठूला चोकहरुमा ‘अन्डर पास’ हुने भएकले निर्माणपश्चात् पूर्व–पश्चिम राजमार्गमा गुड्नलाई सहज हुनेछ। तर निर्माण सुरु भएको कहिले सकिन्छ भन्नेचाहिँ अहिलेसम्मका सडक विस्तारको गति हेर्दा टुंगो छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब कुनै पनि सडक विस्तार गर्दा यात्रुले बुटवल–नारायणगढको सास्ती भोग्नु नपर्ने दाबी गरे।

‘नारायणगढ बुटवल सडकमा पुग्दा केही ठाउँमा काम गरेको छ। अहिले चीनबाट कम्पनी साइटमा आएको भन्ने छ’, सचिव शर्माले भने, ‘अब काम सुरु गर्छ कि गर्दैन हेर्छौँ।’

उनले नारायणगढ–बुटवल सडकको तुलनामा मुग्लिङ–पोखरा सडक विस्तारमा यात्रुले कम सास्ती भोग्नुपरेको बताए।

‘मुग्लिङ–पोखरा सडक विस्तार गर्दा सुरुमै बीचको भाग भत्काउन दिएनौँ’, उनले भने, ‘पोखरामा छेउछाउमा काम हुँदा बीचमा पुरानो कालोपत्रे बाँकी नै छ। अब बुटवल–गोरुसिंगे विस्तार गर्दा पनि सुरुमै पुरानो कालोपत्रे भत्काउन दिँदैनौँ।’

उनले सडक विस्तारको मोडालिटी परिवर्तन गरी काम अघि बढाउने बताए। निर्माण कम्पनीलाई समयमै सक्ने गरी काम लगाउने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group