ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अनफलो’ अभियान: ओलीले ७७ हजार फलोअर्स गुमाउँदा बालेनका १ लाख थपिए


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   १२ : ४३   बजे

काठमाडौं २० भदौ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह ९बालेन० का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन्। ओलीका फलोअर्स घट्दा बालेनका भने करिब एक लाख फलोअर्स बढेका छन्।

बालेन समर्थले मंगलबारदेखि सुरु गरेको यो अभियानको प्रभावस्वरुप दुईदिनमै एमाले अध्यक्षसमेत रहेका ओलीलाई ७७ हजारले अनफलो गरेका हुन्। मंगलबार र बुधबार धेरै फलोअर्स गुमाएका ओलीलाई आज भने अनफलो गर्ने क्रम घट्न थालेको छ।

बालेनका समर्थकले ओलीविरुद्ध यो अभियान चलाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा ओलीका फलोअर्स ६ लाख ६६ हजार थिए। बिहीबार बिहानसम्म उनका फलोअर्स ७७ हजार घटेर ५ लाख ८९ हजारमा झरेको छ।

बालेनका समर्थको यो अभियानपछि धेरैले नेपालको राजनीतिमा सक्रिय कुन दलका नेताका फलोअर्स कति छन् भन्ने खोजी गर्न थालेका छन्।

काठमाडौँका मेयर बालेनका फलोअर्स भने फेसबुकमा २१ लाख छन्। जनप्रतिनिधिमा सबैभन्दा धेरै फलोअर्स हुने नेतामा पर्छन् बालेन। उनको कुनै दल छैन। उनी स्वतन्त्र मेयर हुन्।

बालेन समर्थकको यो अभियानपछि बालेनका फलोअर्स भने १ लाख बढेको छ। यसअघि उनका फलोअर्स २० लाख थिए।

हाल सक्रिय राजनीतिमा रहेका शीर्ष नेतामध्ये सबैभन्दा धेरै फलोअर्स भएका नेता नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई हुन्। फेसबुकमा उनका १४ लाख फलोअर्स छन्।

त्यसैगरी फलोअर्स धेरै हुने राजनीतिक दलका दोस्रो नेतामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पर्छन्। फेसबुकमा उनका फलोअर्स १२ लाख ९० हजार भन्दा धेरै छन्।

त्यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि धेरै फलोअर्स भएका नेतामा पर्छन्। सामाजिक सञ्जालमा उनका फलोअर्स ६ लाख ६७ हजार छ।

त्यसैगरी पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा ५ लाख ७६ हजारले फलो गरेका छन्। बालेन समर्थकले ओलीविरुद्ध चलाएको अलफलो अभियानपछि प्रचण्डको फेसबुक पेजमा ६ हजार फलोअर्स थपिएका छन्। यसअघि उनका ५ लाख ७० हजार फलोअर्स थिए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई २ लाख ६५ हजारले फेसबुकमा फलो गरेका छन्। अर्का पूर्वप्रधामन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका फेसबुकमा फलोअर्स १ लाख ९२ हजार छन्।

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको फेसबुक फलोअर्स संख्या १ लाख ५० हजार छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई २६ हजारले मात्रै फेसबुकमा फलो गरेका छन्। त्यसैगरी जसपा अध्यक्ष अशोक राईका फलोअर्स ७ हजार ३ सय छन्।

धेरै फलोअर्स हुने जनप्रतिनिधिमा सुनसरीको धरानका मेयर हर्क सम्पाङ पनि पर्छन्। फेसबुकमा उनका फलोअर्स ८ लाख ६८ हजार छ। त्यस्तै धनगढीका मेयर गोपी हमाललाई ३ लाख ६ हजारले फेसबुकमा फलो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group