ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री अधिकारीलाई सार्वजनिक रुपमा माफी माग्न सहकारी पीडितको माग


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   २ : ०२   बजे

काठमाडौं २० भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितहरुविरुद्ध दिएको अभिव्यक्तिको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विरोध जनाएको छ ।

बुधबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरु आन्दोलनमा रहेको अभिव्यक्ति दिएका थिए ।

बचत फिर्ताको माग गर्दै १६ महिनादेखि आन्दोलनरत सहकारी पीडितको घाउमा मन्त्री अधिकारीको अभिव्यक्तिले नुन(चुक लगाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको भनाइ छ ।

अभियानका अध्यक्ष कुशलभ केसीले मन्त्री अधिकारीको अभिव्यक्ति आपत्तिजनक र भ्रमपूर्ण भएको भन्दै भने, ‘मन्त्रीले पीडितको घाउमा मल्हमपट्टी लाउनुको सट्टा उल्टो नुन, चुक लगाउने र संयमित आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने खालको अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’

मन्त्री अधिकारीले सहकारी पीडितको मानमर्दन र सहकारी सञ्चालकको संरक्षण गरेको आरोप समेत उनले लगाए । त्यसैले मन्त्री अधिकारीले सार्वजनिक माफी माग्नुपर्ने उनको माग छ । ‘समस्त सहकारी पीडितको मानमर्दन हुने गरी दिएको सार्वजनिक अभिव्यक्ति आपत्तिजनक र खेदजनक छ,’ केसीले भने, ‘सहकारी मन्त्रीज्यूलाई यसको तत्काल खण्डन गरी सार्वजनिक माफी माग्न र सम्झौता कार्यान्वयन गर्न सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आह्वान गर्न चाहन्छ ।’

मन्त्री अधिकारीले बुधबार बिहान रेडियो अन्तर्वार्तामा पनि सहकारी पीडितको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको महासंघको गुनासो छ । मन्त्री अधिकारीले एउटा बाहेक सबै माग सम्बोधन भई कार्यान्वयन भइसकेको, पीडितलाई अरु पक्षले उचालेर र खर्च व्यहोरेर आन्दोलनमा उतारेको, बचत फिर्ताको लागि आफूकहाँ कुनै निवेदन नदिएको, १४५ भन्दा बढी सहकारी आफ्नो जिम्मेवारीमा नपर्ने जस्ता निम्नस्तरको अभिव्यक्ति दिएको महासंघको भनाइ छ ।

आन्दोलनमा हुँदाहुँदै उपचार नपाएर मृत्युवरण गरेको र बचत फिर्ता नपाएर आत्महत्या गरेको जस्तो मानवीय संवेदनशिल विषयमा मन्त्री अधिकारी हलुका पाराले प्रस्तुत भएको र आफ्नै रोहबरमा ६ महिना अगाडि भएको सम्झौताको एउटा बुँदा पनि कार्यान्वयन नभएको अवस्थामा मन्त्रीले झुठ बोलेको महासंघका अध्यक्ष केसीले बताए ।

उनले यही भदौ २३ गतेका लागि तय भएको पूर्वनिर्धारित विरोध कार्यक्रम यथावत रहेको जानकारी पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu