ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद सुनाइएका चौरसिया १७ वर्षपछि पक्राउ


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   ४ : ४२   बजे

काठमाडौं २० भदौ । २०६४ सालमा पर्सामा भएको हत्याका एक फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा साविक बहुअर्वाभाठा–३ परिवर्तित विन्दवासिनी गाउँपालिका २ का ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसिया रहेका छन्।

२०६४ वैशाख २५ गते चौरसिया समेतका चार जना व्यक्तिहरूले साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनलाई जग्गाको विषयमा छलफल गर्ने भनी बोलाई कट्टा पेस्तोलले दुई राउण्ड गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

अर्को दिन वडा नं। ६ मा मृतक विनको शव फेला परेको थियो।

मृतक ढोडा मुखिया विन र अर्को एकजना व्यक्तिले एउटै जग्गा खरिद गर्नका लागि एउटै जग्गा धनीलाई वैना दिएको अनुसन्धानका क्रममा खुलेको थियो।

उक्त वैना रकम सम्बन्धी विवादका कारण सो रकम फिर्ता गर्न नपरोस् भन्ने मनसायले जग्गा धनी समेतका व्यक्तिहरूले मिलोमतो गरी गोली हानी ढोडाको हत्या गरेको खुल्न आएको थियो।

वारदात पश्चात नेपालबाट भागी फरार भई रक्सौल, भारतमा लुकिछिपि बस्दै आइरहेका चौरसियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल आउने क्रममा यही भदौ १९ गते विरगञ्ज–१६ बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

मृतकको भाई नाता पर्ने गरीब मुखिया विनको जाहेरीले कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ मा चौरसियालाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३९१० नम्बर बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गरेको थियो।

सोही फैसला कार्यान्वयनका लागि निजलाई आज ९भदौ२० गते० काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group