कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने योजना अन्तरगत शुक्रबार वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान गरिएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले वीरेन्द्रनगर–६ शान्तिनगरमा उक्त प्रविधि जडान गरेको हो। समुदायमा साइरन जडान भएसँगै वीरेन्द्रनगरमा अपराधमा न्यूनिकरण हुने अपेक्षा गरिएको छ। साइरन जडानसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित शहर बनाउने रणनीति अगाडी सारिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए। उनले प्रदेश राजधानीलाई सुरक्षित बनाउन पहिलो पटक नयाँ प्रविधि जडान गरिएको बताए।
डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य वीरबहादुर वलीले वीरेन्द्रनगरमा परिषणका लागि पहिलो पटक साईरन जडान गरिएको बताए। उनले अपराध नियन्त्र तथा विपद व्यवस्थापनमा साइरन प्रभावकारी देखिएमा प्रदेशका अन्य जिल्लामा पनि जडान गरिने बताए।
प्रतिक्रिया दिनुहोस्