ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एजेन्डामा आधारित हुँदा सबैसँग मिल्न तयार थियौँ : प्रचण्ड


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   १ : १५   बजे

काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्दा आफूहरूलाई फाइदा पुगेको टिप्पणी गरेका छन्।

आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रच्ण्डले अहिले आफूहरूका लागि पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर बनेको दाबी गरे।

‘हामीले नेपाली कांग्रेस र नेकपा एमालेलाई एक अर्थमा धन्यवाद दिएका छौँ। उहाँहरूले हाम्रो पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर दिनुभयो। उहाँहरूले हामीलाई पार्टी पुनर्निमाणको राम्रो अवसर दिनुभयो,’ अध्यक्ष प्रचण्डले भने।

साथै, उनले अहिले तत्काल सरकार बनाउने कुरामा माओवादी केन्द्रको ध्यान नभएको उनले प्रष्ट पारे।

‘अहिले सरकार बनाउने कुरा हाम्रो ध्यानमा छैन। अहिलेको सरकार नेपाली कांग्रेस र एमालेले जुन मान्यतामा आधारित भएर, सोझो भाषामा भन्दा भ्रष्टाचारविरोधी अभियान चलाउँदै जाँदा त्यसबाट बच्न र भ्रष्टाचारीलाई बचाउन बन्यो, हाम्रो आपत्ति त्यहाँ हो,’ अध्यक्ष प्रचण्डले भने।

साथै, उनले एजेन्डामा आधारित भएर अघि बड्दा माओवादी केन्द्र जोसँग पनि मिल्न तयार रहेको जिकिर गरे। ‘एजेन्डामा आधारित भएर जाँदा त हामी सबैसँग मिल्न तयार नै थियौँ नि,’ सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने।

उनले संविधान संशोधनको विरोधी आफ्नो पार्टी नभएको र समानुपातिक, समावेशी लगायतका मुद्दामा आफूहरू प्रष्ट भएको पनि बताए।

‘हामी संविधान संशोधनको विरोधी होइनौँ। हामी संविधान सभामा नै हाम्रा केही रिजर्भेसनहरू, नोट अफ डिसेन्ट राखेका थियौँ। ती कुराहरूमा संविधान संशोधन हुनु उपयुक्त ठान्छौँ। तर, संविधान संशोधन नेपाली जनताले संघर्ष र बलिदानबाट ल्याएको उपलब्धि उल्ट्याउने हिसाबले हुन हुँदैन। प्रतिगामी किसिमले हुन हुँदैन। जनताले पाएका अधिकार खोस्ने किसिमले हुन हुँदैन,’ अध्यक्ष प्रचण्डले भने।

सोही प्रसंगमा उनले अघि थपे, ‘समानुपातिक र समावेशी उत्पिडित वर्ग समुदायले पाएको सबैभन्दा ठूलो अधिकार हो। त्यो अधिकार कुनै पनि तरिकाले कमजोर पार्ने काम विल्कुल नेपाली जनता र हामीलाई सैह्य हुँदैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu