ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फा महिला लिगमा वालिङको लगातार दोस्रो जित


एबीसी न्यूज
२४ भदौ २०८१, सोमबार   ४ : ४७   बजे

काठमाडौ २४ भदौ । वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा सोमबार संकटा फुटबल क्लबलाई १(० ले पराजित गरेको छ ।

विदेशी खेलाडी सिस्सी नानतोङ्गले पहिलो हाफमा गरेको एक मात्र गोल मद्दतमा वालिङले संकटालाई पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सिस्सीले ३९औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

ज्याकलिनले विपक्षी खेलाडीलाई छलाउदै दिएको ब्याक पासमा सिस्सीले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी हुन् । त्यही गोलको मद्दतमा वालिङले पहिलो जित हात पार्दै ३ अंक जोड्न सफल भयो ।

 

पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएको वालिङले दोस्रो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

जितपछि तीन खेलबाट ६ अंक जोडेको वालिङ अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । संकटाको भने यो दोस्रो हार हो र अझै पनि जितविहीन छ ।

संङ्कटाको तीन खेलबाट १ अंक मात्र छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको संकटाले दोस्रो खेलमा चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

सम्बन्धित

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu