काठमाडौं, १९ फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई विकास निर्माणका काममा केन्द्रित हुन निर्देशन दिनु भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा ओलीले सरुवा बढुवा र सोर्सफोर्सका फाइल नभई विकास निर्माणका फाइल बोकेर हिँड्न निर्देशन दिनुभयो । सांसदहरुले विकासका काम गरेर नतिजा देखाउने बाहेक अरु कुनै काम गर्नु नपर्ने बताउनुभयो ।
ओलीले एमाले र माओवादी दुई पार्टीबीच छिट्टै एकता हुने बताउँदै त्यसै अनुसार सहकार्य गर्न सांसदहरुलाई आग्रह पनि गर्नुभयो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक रुपमा अहिले एमाले र माओवादी फरक देखिए पनि निकट भविष्यमै एक हुने भन्दै पार्टी एकताका लागि तयार रहन निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्