काठमाडौं, २० फागुन । नेपाली कांग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितीको तेश्रो अधिवेशनबाट भक्तिराज भट्टराई सभापतिमा सर्वसम्मत चयन भएका छन् । नेपाली कांगे्रस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समितीको स्थापना कालदेखि नै क्रियाशिल भट्टराई सहसचिव, सचिवको पद समाल्दै सभापतिमा सर्वसम्मत भएका हुन ।
सम्पर्क समितीका पुर्व सभापति युवराज गुरुङको ३ बर्षे कार्यकाल सकिए सङ्गै नया“ कार्य समिती गठन भएको हो । समितीमा सभापति मात्र चयन गरिएको छ भने अन्य पद आगामी हप्ताभित्रै चयन गरिने नव निर्वाचित भट्टराईले जानकारी दिए । भट्टराई राजनीतिमा मात्र नभई समाजसेवी पनि हुन । भट्टराई सभापतिमा चयन भएपछि ताप्लेजुङबासीको जीवनसंग सरोकार राख्ने समस्यालाई केन्द्रबाट सम्बोधन गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्