ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   १ : ५५   बजे

काठमाडौं २८ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार डा। केडी जोशी जलन उपचार केन्द्र नामकरण गरी सेवा पुनस् सुरु गरिएको हो । जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।

नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो ।

‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा। पौडेलले भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी सेवा दिन्छौं ।’

नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठूला अस्पतालमा ५ देखि १० बेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।

‘जलनबाट बढी प्रभावित गरिब तथा विपन्न वर्गका हुन्छन् । सरकारी संस्थाले उहाँहरुको उपचार नगर्दा उपचारका लागि खेतबारी नै बेच्नुपर्ने अवस्था थियो,’ डा। पौडेलले भने, ‘ अबदेखि वीरले सर्वसुलभ र गुणस्तरीय सेवा दिन्छ ।’

अमेरिका लगायत विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।

हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।

जलनका बिरामीलाई एक लाख सहुलियत दिने तयारी

अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र महंगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।

सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा। पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्‌घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने आश्वासन दिएका छन् ।

‘सरकारले ८ वटा कडा रोग लागेका बिरामीलाई एक लाख सहुलियत दिंदै आएको छ । जसमा जलनका बिरामीलाई समावेश गर्दै नीतिगत निर्णय गरेको जानकारी दिनुभएको छ,’ डा। पौडेलले भने, ‘यसो हुँदा गम्भीर जलन भएका बिरामीलाई निःशुल्क उपचार गर्न सकिन्छ कि ।’

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ । चिकित्सकका अनुसार विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ । तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ ।

ठूलो घाउमा हुने संक्रमण, ढिलो अस्पताल आइपुग्नु, पर्याप्त मात्रामा छाला उपलब्ध नहुनु, बिरामीले प्राथमिक उपचार नै नपाउँदा नेपालमा जलनका बिरामीको मृत्यु अन्य देशको तुलनामा बढी छ ।

जलनको उपचार बहुविशिष्टकृत सेवा दिने अस्पतालमा सुरु हुँदा राम्रो नतिजा दिन सकिने डा। पौडेलले बताए ।

‘जलेका बिरामीलाई धेरै जटिलता देखिन्छ । विभिन्न अंगमा असर गर्ने हुँदा विशेषज्ञ जनशक्तिको आवश्यक पर्छ’ डा। पौडेल भन्छन्, ‘जलनको उपचारमा वीर अस्पतालले राम्रो भूमिका खेल्नसक्छ भनेर उपचार केन्द्र खोल्नका लागि जोड गरेका थियौं ।’

नेपालमा जनचेतनाको कमीले बढी जलनका घटना हुने गरेका छन् । गाउँघरमा धेरै बालबच्चा चुलोमा जल्छन् । आगोले पोलेपछि के गर्ने भन्ने ज्ञानको अभावमा समस्या झन् जटिल बन्छ । अस्पताल आइपुग्दासम्म पनि बिरामीलाई जीवनजल खुवाइएको हुँदैन । जसकारण बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै जान्छ ।

चिकित्सकका अनुसार आगोले पोलेको भागलाई सबभन्दा पहिले चिसो पानीले आधा घण्टासम्म विस्तारै पखाल्नुपर्छ । यसो गर्दा तातोपना छालाभित्र गड्न र घाउ गहिरो हुन पाउँदैन । पोल्नेबित्तिकै यो विधि अपनाउनुपर्छ ।

त्योसँगै जीवनजल खुवाउन र जिल्ला अस्पतालमै पनि प्राथमिक उपचारका साथ स्लाइनपानी चढाउनुपर्छ । जलेका बिरामीको तौल र घाउको आधारमा पहिलो २४ घण्टाभित्र दिइने सलाइन वा जीवनजलको पुनर्जलीय उपचार गर्दा बिरामीको जटिलता र मृत्यु रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group