ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाम्बियाका राजदूत र मन्त्री भण्डारी बीच भेट, खानी उद्योगका विषयमा चर्चा


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   २ : ५०   बजे

काठमाडौं २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा स्थापित भएदेखि नै दुई देशबीच शान्तीपूर्ण रहँदै आएको बताएका हुन् । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले दुवै देशका चुनौति र विकासका लक्ष्यहरु समान रहेको बताए ।

उनले भने, ‘विशेषगरि व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदारप्रदान गर्ने प्रशस्त सम्भावनाहरु छन् । नेपालले खानी अन्वेशणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदारप्रदान गर्ने सम्भावना रहेको छ,’मन्त्री भण्डारीले भने, ‘जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरुबाट जाम्बियाले समेत सामाजिक, सांस्कृतिक एंव भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर कामगर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।’

भेटका क्रममा जाम्बियाका गैरआवासीय राजदूत चन्दाले खानी तथा खनिज पदार्थमा दुई देश बिचको प्रविधि आदानप्रदान गर्ने बताए । उनले खानी सम्बन्धी नेपालको प्राविधिक टोली जाम्बिया पठाइदिन मन्त्री भण्डारीसंग आग्रह गरे । यसका साथै जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu