ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हिंसा’ शब्द रेकर्डबाट नहटेसम्म माओवादीले संसद् बैठक अवरोध गर्ने


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   ५ : ०९   बजे

काठमाडौं २८ भदौ ।   प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले जनयुद्धमाथि संघीय संसद्‌मा अपमानित गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो शब्दबारे सच्चिएर निर्णय नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने जानकारी दिए।

‘हामीले विरोध गरेर जानुपर्छ, प्रतिपाद गरेर जानुपर्छ। अबदेखि यो समस्याको समाधान नहुँदासम्म, यो जनयुद्धलाई जसरी अपमानित गरिएको त्यसका बारे सच्चिएर नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौँ,’ उनले भने।

संसदीय दलको बैठकमा प्रचण्डले भने– शान्ति सम्झौताको अपमान गर्ने गरी ‘हिंसा’ शब्दको प्रयोग भयो

गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए।

सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि छानबिन गर्न सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए।

छानबिनपछि यसअघि गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए।

जसबारे माओवादीले शुक्रबारको संसदीय दलको बैठकमा छलफल गरेको थियो।

‘अबदेखि यो समस्याको समाधान नहुँदासम्म यो विषयवस्तुलाई जसरी अपमानित गरिएको छ, यसका बारे सच्चिएर नआउँदा समेत अवरोध गर्ने,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनले अघि भने, ‘हामीले त्यतिबेला पनि सशक्त प्रतिवाद गरेका थियौँ। सभामुखज्यूले त्यतिबेला रुलिङ पनि गर्नुभएको थियो। जसरी त्यो रुलिङको जवाफ आयो। हिंसा भन्ने शब्दलाई मात्रै केन्द्रीत गरेर आयो।’

उनले यो विषय गलत निर्णय भएको र आफूहरू प्रतिवादमा उत्रने जानकारी दिए।

‘नियमावलीमै कसैलाई होच्याएर बोल्न हँदैन भन्ने थियो। जसरी त्यो विषयवस्तु आयो, त्यो शान्ति सम्झौताको विपरितमा रह्यो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group