ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रक त्रिशूलीमा खसालेर चालक भागेको आशंका, चलानीबाट खुल्यो परिचय


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   १२ : ३१   बजे

काठमाडौं ३० भदौ । नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको खुलेको छ।

चितवन प्रहरीका अनुसार ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो।

ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो।

ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक ९डीएसपी० भेषराज रिजालले बताए।

‘चलानीमा उल्लेख नामअनुसार चालकको नाम यमबहादुर घले भएको पाइएको छ’, डीएसपी रिजालले नेपालखबरसँग भने, ‘चालक हेटौँडाको भएको भन्ने कुरा आएको छ। चलानीमा लेखिएको मोबाइल नम्बर पनि स्विच अफ छ।’

उनका अनुसार मोबाइल अफ भएका कारण ट्रक पल्टिएपछि चालक भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

दुर्घटनालाई नै प्रहरीले शंकास्पद ठानेको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए।

अहिलेसम्म ट्रकमा चालकबाहेक अरू को थिए भन्ने विषय पनि पत्ता लागेको छैन।

ट्रकधनी पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सवारीधनी फेला परेपछि बाँकी विवरण खुल्न आउने चितवन प्रहरीको विश्वास छ।

आइतबार ९आज० बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो।

२२५ कार्टुन आरएमसी कम्पनीका सूर्यमुखी खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group