काठमाडौं, २० फागुन । राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ आज स्थगित भएको छ । न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस सुरु भएको थियो । निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने बताए
। न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न नमिल्ने उनले बताए । लगत्तै दुवै न्यायाधीशले बहस रोके । आपसी छलफलपछि दुवैले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका छन् ।
अघिल्लो सरकारले गरेको सिफारिस रद्द गर्दै ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो ।
राष्ट्रपतिले ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन जना सर्वोच्च गएका थिए ।
प्रतिक्रिया दिनुहोस्