ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखलाई हटाउन खोजिएको छैन, थिएन : एमाले


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   १ : ५२   बजे

काठमाडौं ३० भदौ । सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे।

‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने।

रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उनले बताए।

‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे।

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ मुख्य सचेतक बर्तौलाले भने।

प्रतिपक्षी दलले कुनै विषय बाँकी नभएपछि उपसभामुखको विषय बाहिर ल्याएको उनले बताए।

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group