ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   १२ : ५७   बजे

काठमाडौं ३१ भदौ । नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध हटाउने बताएको हो ।

सभामुख घिमिरेको सचिवालयका अनुसार माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघ भ्रमणमा जाने विषयमा गर्ने सम्बोधनलाई अवरोध नगर्ने बताएका हुन् ।

यसअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी युद्धलाई ुहिंसाु भनेकोमा भने आफूहरूको आपत्ति कायमै रहेको प्रमुख सचेतक पाण्डेले बताएका छन् । पाण्डेको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले भन्यो, ुहामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न अवरोध गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।

प्रधानमन्त्री ओलीको सम्बोधन र सहकारी ठगीमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि संघीय संसद्‍को चालु अधिवेशन आजैदेखि अन्त्य हुँदैछ । संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu