काठमाडौं ३१ भदौ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भइसकेका छन्।
संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
संसदको बर्खे अधिवेशन सोमबार रातिदेखि अन्त्य हुने गरी सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्