काठमाडौं ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोलम्बिया युनिभर्सिटी र हावर्ड युनिभर्सिटीमा सम्बोधन गर्ने भएका छन्।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन जान लागेका ओलीले यी दुई युनिभर्सिटीका कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेको जानकारी गराएका हुन्।
सोही क्रममा उनले दुईवटा विशवविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्र संघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन्।
प्रतिक्रिया दिनुहोस्