ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटो सिक्काको ‘जादुयी नम्बर’ चल्न छाडेपछि माओवादी विक्षिप्त : प्रदीप ज्ञवाली


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   ५ : ०३   बजे

काठमाडौं ३१ भदौ । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता विक्षिप्त बनेको बताएका छन्।

केन्द्रीय स्कुल विभागको आयोजनामा सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर जिल्ला स्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले ‘जादुयी नम्बर’को बलमा माओवादीले कहिले कसैलाई, कहिले कसैलाई खेलाए पनि अब त्यो नम्बर खोटो भइसकेको बताए।

‘माओवादीको खोटो सिक्का अब चल्न छाडिसक्यो,’ स्कुल विभाग प्रमुख समेत रहेका उनले भने, ‘त्यसैले प्रचण्डले घरी बंगलादेश बनाउँछु, घरी श्रीलंका बनाउँछु भन्दै धम्की दिइरहेका छन्। हिजो त्यत्रो सेना हुँदा त सकेनन्।’

ज्ञवालीले माओवादी र काठमाडौंका मेयर बालेन शाह लगायतको अराजकता तथा राजतन्त्रका पक्षधर र संविधान विरोधीहरुको घेराबन्दी तोडेर २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न कार्यकर्ताहरुलाई आह्वान गरे।

‘पपुलिष्टहरुले समाजमा अनेक भ्रमहरु सिर्जना गरिरहेका छन्, सकारात्मक भन्दा पनि नकारात्मक कुराको चर्चा गरी यी सबै काम पूराना पार्टीहरुले गरिरहेको अफवाह फैलाइएको छ,’ उनले कार्यकर्ताहरुलाई भने, ‘त्यस्ता भ्रमहरू चिर्दै, राम्रो कामको प्रचार गर्नुस्।’

अस्थिरता फैलाउनेहरूको दोकान बन्द भइसकेको र देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएको ज्ञवालीले बताए। उनले मिसन ०८४ सफल पार्न अहिले देखि जनतामाझ जान आह्वान गर्दै आगामी निर्वाचनबाट पार्टी निर्णायक राष्ट्रिय शक्ति हुने दाबी गरे।

तीन दिने जिल्ला स्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रममा उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख ज्ञवालीले ‘महाधिवेशनद्वारा पारित नीति, कार्यक्रम र कार्यदिशा’बारे प्रशिक्षण दिए।

केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले ‘प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप र शैली’ विषयमा प्रशिक्षण दिएका छन्।

मंगलबार एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र बिहीबार एमाले पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावल तथा निरुदेवी पाल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र प्रशिक्षणपछि नेताहरुलाई वडा तथा नगर स्तरीय प्रशिक्षण कार्यक्रममा पठाइने कार्ययोजना रहेको स्कुल विभाग सुदूरपश्चिमको संयोजन गरिरहेका पोलिटब्यूरो सदस्य रावलले जानकारी दिए।

कार्यक्रममा १ सय ३९ जनाको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group