ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक


एबीसी न्यूज
१ आश्विन २०८१, मंगलबार   ३ : ५३   बजे

काठमाडौं १ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान ९आईओएम० को डिन बन्न १३ र इन्जिनियरिङ अध्ययन संस्थान ९आईओइ० को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।

 

 

आईओएमको डिनका लागि पूर्वडिन दिव्यासिंह शाह सहित अभिमन्यु झा, मोहनराज शर्मा, निरजु रञ्जित, रामचन्द्र अधिकारी, रमेशसिंह भण्डारी, दिनेश काफ्ले, उत्तमकृष्ण श्रेष्ठ, मिठा राना, ज्योतिबाबु श्रेष्ठ, संघरत्न बज्रचार्य, रत्नमणि गजुरेल र सुधा बस्नेतको आवेदन परेको हो ।

सिंहको कार्यकाल सकिएपछि त्रिविले प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्न दुई साताअघि दरखास्त आह्वान गरेको थियो ।

त्यस्तै आईओइको डिनका लागि सहायक डिन सुशील बज्रचार्यसहित नन्दविक्रम अधिकारी, राजन सुवाल, सुदन झा, लक्ष्मण पौडेल, सुर्वण शाक्य, महेशचन्द्र लुइलेट, हरिराम पराजुली, भोलानाथ शर्मा घिमिरे, जगतकुमार श्रेष्ठ, सञ्जिता सिंहको आवेदन परेको छनोट तथा सिफारिस समितिले जनाएको छ ।

त्रिवि कार्यकारी परिषदले आईओएमको डिन छनोटका लागि प्राध्यापक केके ओलीको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको छ । आईओईमा पूर्वडिन जीवराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

आवेदकहरूको प्रशासनिक, प्राज्ञिक अनुभव, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता र योजनामा छुट्टाछुट्टै अंक तोकी कुल एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा हुने मापदण्ड तोकिएको छ ।

अन्त्यमा अन्तर्वार्तासहित मूल्यांकन गरी ‘मेरिट’ का आधारमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने मापदण्ड छ । चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानको डिन आकर्षक पद मानिन्छ । यसअघि पनि यी संस्थानमा डिन बन्न पहुँचका आधारमा राजनीतिक लबिइङ हुँदै आएको छ । ९ संकाय र संस्थान मध्ये त्रिविले ८ वटा डिन नियुक्तिका लागि दरखास्त माग गरेको थियो ।

विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११, मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन् । व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ । कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक मात्र डिन नियुक्त हुन पाउने मापदण्ड तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu