ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर उपचार सेवा विस्तारका लागि दुई अस्पतालबीच सम्झौता


एबीसी न्यूज
१ आश्विन २०८१, मंगलबार   ४ : ५६   बजे

काठमाडौं १ असोज । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ।

त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए।

स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफू लागिपरेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजय न्यौपाने, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत वक्ताले क्यान्सरको उपचारमा अस्पतालमा उपलव्ध सेवाबारे जानकारी दिएको थियो।

मन्त्री पौडेलले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा नेपाल परिवार नियोजन सङ्घ निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group