ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्य र जनताबिचको सम्बन्ध सुमधुर हुनुपर्छ : महासचिव पोखरेल


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   १ : १३   बजे

काठमाडौं २ असोज । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले जनता र राज्यबिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो । कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हनु सक्दैन, लोकतन्त्रमा राज्य र जनताबिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’ पोखरेलले भन्नुभयो ।

उहाँले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका स्रोत पनि बलियो नहुने बताउनुभयो । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ । जतिबेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यविरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोगिनु पर्ने उहाँको भनाइ छ । राज्यको समस्या समाधान गर्न पपुलिजम सधैँ बाधक हुने उहाँले स्पष्ट पार्नुभयो ।

जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले बताउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उहाँले बताउनुभयो ।

समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको महासचिव पोखरेलले बताउनुभयो । अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएको उहाँले उल्लेख गर्नुभयो । हिजो राज्यविरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको उहाँले बताउनुभयो । राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेको भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनुपर्ने पोखरेलको धारणा छ ।

युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारणबारे विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । पढेलेखेका युवा कृषिमा जानै नचाहेपछि समाजमा कामको समस्या पैदा भएको उहाँको भनाइ छ । यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यवसायीकरण र बजारीकरणको विषय प्रवर्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu