ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्थानीय तह घटाउनु पर्छ’- पृथ्वीसुब्बा गुरुङ


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   १ : १७   बजे

काठमाडौं २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका क्रममा प्रदेशलाई थप अधिकार दिनुपर्ने, स्थानीय तहको सङ्ख्या घटाइनुपर्ने र जिल्ला समन्वय समिति खारेज गरिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले मङ्गलबार आयोजना गरेको ‘संविधान कार्यान्वयनको १० वर्ष स् अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तर्क्रियामा उहाँले संविधानको पुनरवलोकन गरेपछि दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नौ वर्षको संविधानका अभ्यासका सबल र दुर्बल पक्षको पहिचान गरेर मात्र संविधान संशोधनको दिशामा अघि बढ्नु उचित हुने पनि बताउनुभयो ।

संविधान बनाउँदा मधेशसँग सबै तर्सिएकाले प्रदेशलाई केही कम अधिकार दिएको कुरा सबैले स्विकार्नुपर्ने बताउँदै उहाँले प्रदेशलाई कमजोर बनाएर तल अधिकार दिने काम भएको बताउनुभयो । सात वटा प्रदेश सरकारलाई सोच विचार गरेर अधिकार दिने हो भने सङ्घीयता धेरै राम्रोसँग चल्ने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

पहिलो संविधान सभामा स्थानीय तहको चर्चा नै नभएको पनि बताउँदै उहाँले जिल्ला समन्वय समितिको कुनै काम नभएको भन्दै जिल्ला समन्वय समितिको खारेजी हुनुपर्ने स्पष्ट पार्नुभयो । ७५३ वटा स्थानीय तह पनि बढी भएको भन्दै उहाँले सेवा प्रवाह गर्न वडामा एकरएक जना र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जनप्रतिनिधि राख्ने र बजेट र कानुन सङ्घ र प्रदेशले दिने व्यवस्था संविधान संशोधन गर्दा गर्नुपर्ने सुझाव दिनुभयो । त्यसो हुँदा थोरै खर्चमा धेरै काम गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीय तहमा भ्रष्टाचार र बेथितिको थाक लागेको, स्रोतसाधनको पनि स्थानीय तहमा त्यत्तिकै दोहन भएको उहाँले सुनाउनुभयो । साझा सूचीका कारण पनि तीन तहका सरकारका बिच द्वन्द्व हुने हुँदा साझा अधिकारका सूचीलाई सङ्कुचित गर्दै लैजानुपर्ने, वित्तीय सङ्घीयताबारे पनि केही न केही पुनरवलोकन गर्नुपर्ने र अन्य संरचना सङ्घीयतामा जाँदा न्यायपालिका एकात्मक ढाँचामै बस्ने कुरा नमिलेकाले संविधान संशोधन गर्दा त्यसलाई सच्याउनुपर्ने मन्त्री गुरुङले बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधानमा मौलिक हकको अति राम्रो व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले संविधानलाई समय अनुकूल परिवर्तन गर्न सकिने उल्लेख गर्नुभयो । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतले संविधानको आवश्यकता किन प¥यो र आज त्यही संविधानमाथि असन्तुष्टि किन बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group