ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको सांसद पद फेरि जाने र चितवन-२ मा तेस्रोपटक चुनाव हुने- गोकुल बाँस्कोटा


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   १ : २४   बजे

काठमाडौं २ असोज । संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष(विपक्षमा बहस भइरहेको छ।

रविका ८ बदमासी औँल्याउँदै संसदीय छानबिनले भन्यो– कानुनको अज्ञानता क्षम्य हुँदैन, उत्तरदायी बन्नैपर्छ पूर्ण पाठ

सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दोष प्रमाणित भएको दाबी गर्दै रमाइरहेको छ। सर्वसाधारण भने रनभुल्लमा परिरहेका छन्।

यसैबीच सत्ता नेतृत्वकर्ता नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नाम नलिईकन पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत ‘संसदीय समितिले दोषी ठहर’ गरेसँगै उनको सांसद पद फेरि पनि खारेज हुने र चितवन २ मा दोस्रोपटक उपनिर्वाचन हुने लगभग निश्चित भएको दाबी गरेका हुन्।

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीनवटा गर्न पनि तयारी हालतमा बस्न सक्ने’, बाँस्कोटाले लेखेका छन्, ‘कानुनविद्‌का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्काजस्तै छ भनिन्छ। ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई१’

 

संसदीय समिति एमालेकै सांसद सूर्य थापाको नेतृत्वमा रहेकाले बाँस्कोटाको भनाइ व्यंग्य मात्र नभई अर्थपूर्ण हुनसक्छ।

यसअघि पनि नागरिकता प्रकरणका कारण सांसद पद गएपछि लामिछाने पुनः उपचुनावमा प्रतिस्पर्धा गरी सांसद चुनिनुपरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu