ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासंघको निर्वाचन फेरि अन्योलमा, ५३ जिल्ला शाखाका अध्यक्षले जनाए असन्तुष्टि


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   २ : ४०   बजे

काठमाडौं २ असोज । नेपाल पत्रकार महासंघले यही असोज १२ गतेका लागि निर्धारण गरेको निर्वाचन फेरि पनि हुनेरनहुने अन्योल सिर्जना भएको छ।

महासंघका ५३ वटा जिल्ला शाखाका अध्यक्षले निर्वाचनका लागि महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असहमति जनाएपछि निर्वाचन हुनेरनहुने अनिश्चित बनेको हो।

गएको शुक्रबार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका थिए।

यसअघि महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा गरेको थियो। तर, अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघले मिति पर सारेको हो।

अध्यक्ष विपुल पोखरेललाई सदस्यता विवादकै बहानामा राजीनामा दिन बाध्यपार्ने र तत्कालै राजीनामा स्वीकृत गर्ने अनि उनकै हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नुलाई विधि, विधान र प्रक्रिया विपरित भएको दाबी ५३ जिल्लाका अध्यक्षको छ।

महासंघको विधानअनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिसअनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्नेमा त्यस विपरित निर्वाचनको लागि गठन भएको समितिले नामावली प्रकाशन, नामावलीउपर दावी उजुरीसमेत लिइसकेको अवस्थामा महासचिव रोशन पुरी तथा राजीनामा दिइसकेका अध्यक्ष पोखरेलको हस्ताक्षरमा अर्को नामावली प्रकाशित हुनु निर्वाचन निर्देशिका र कार्यविधि विपरित भएको ठहर पनि उनीहरुले गरेका छन्।

पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा
सदस्यता सम्बन्धि जिल्ला शाखाहरुको निर्णयलाई पूरै वाइपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटकपटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा अघि बढाउन नसकिने उनीहरुको तर्क छ।

यही परिस्थितिमा निर्वाचन कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितिको जिम्मेवार महासंघ केन्द्र र निर्वाचन समिति नै हुने चेतावनीसमेत उनीहरुले दिएका छन्। यो अवस्थामा निर्वाचन कार्यक्रम अघि बढाउन खोजे कानुनी उपचार खोज्ने चेनावनीसमेत उनीहरुले दिएका छन्।

उनीहरुले देशैभरीका जिल्ला अध्यक्षहरुको भेला बोलाएर समस्याको समाधान गर्न नेतृत्वलाई आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu