ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?


मनिषा लामिछाने
३ आश्विन २०८१, बिहिबार   १२ : ४५   बजे

काठमाडौं ।  सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ ।

दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेपालभर चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार यातायात व्यवसायी र सरकारका प्रतिनिधिबीच छलफल भइसकेको छ । बैठकले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निष्कर्ष भने निकाल्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, यातायात व्यवसायी तथा प्रतिनिधि सहभागी बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा मन्त्री दाहालले चाडपर्वमा काठमाडौं हुँदै देशका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको टिकट छिटोभन्दा छिटो खुलाउन यातायात व्यवसायीलाई आग्रह गरे ।

यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउने दायित्व सरकारको भएको भन्दै उनले त्यसका लागि अग्रिम टिकट छिट्टै खुलाउन आग्रह गरे । तर, यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जोखिमयुक्त रहेको, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग सम्बोधन गर्न आग्रह गरे ।

कहिलेदेखि दशैँको अग्रिम टिकट कहिले खुलाउने भनेर बैठकमा निर्णय नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सरकारसँग प्रारम्भिक रुपमा छलफल मात्र भएको हो । यातायात व्यवसायी र सरकारबीच शुक्रबार पुनः बैठक बस्दैछ । उक्त बैठकले अग्रिम टिकट खुलाउने विषयमा निर्णय गर्नेछ । असोज १५ गतेसम्म दशैँ लक्षित अग्रिम टिकट खुल्न सक्ने सिटौलाले बताए ।

दशैँका बेला काठमाडौंमा पेशा, व्यवसाय, अध्ययन गरी बसेका लाखौँ जनता आफ्नो गाउँ पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group