ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४२ जिल्लाका ६३ स्थानमा आजदेखि सुपथ मूल्य पसल, कुनमा कति छ छुट ?


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   १ : १९   बजे

काठमाडौं ३ असोज । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ।

पर्वलक्षित पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णय गत भदौ २३ गते भएको थियो। सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

सुपथ मूल्य पसल आगामी माघ २ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्। उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितताले सबै जिल्ला र पालिकामा पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतीपूर्ण भएको कम्पनीले जनाएको छ।

५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य, कुनमा कति छुट?
सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ।

यसअनुसार विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्दा छुट पाउनेछन्।

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ।

त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजीरप्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।

कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ।

१५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने
सुपथ मूल्य पसलका लागि दसैँलाई लक्षित गरी कम्पनीले यस वर्ष १५०० वटा खसीबोका र ३ सय च्यांग्रा गरी १८ सयवटा खरिद गर्ने लक्ष्य राखेको छ।

मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यकाआसपास क्षेत्रहरुबाट यी खरिद गरिने कम्पनीले जनाएको छ।

खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथली काठमाडौं परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बिक्री गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu