ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पलेशा र एरिकालाई बागमती प्रदेश सरकारको सम्मान


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   १ : ३५   बजे

काठमाडौं ३ असोज । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुद की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ।

हेटौँडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र कराँतेको प्रदेश संघलाई नगदसहित सम्मान गरिएको हो।

पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र कराँतेको प्रदेश संघलाई समान एक(एक लाख रुपैयाँ प्रदान गरिने मुख्यमन्त्री लामाले घोषणा गरे।

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन्। एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन्।

सोही अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गरेका हुन्।

कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो।

पलेशाले हेटौँडामा भएको कार्यक्रममा आफूलाई पेरिसबाट फर्केकै दिनको जसतो झल्को आएको बताइन् ।

नयाँ पुस्तालाई तमाम समस्याकाबीचमा‌ पनि सफल हुने सम्भावना छ भन्ने उदाहरण आफूले प्रस्तुत गरेको र भविष्यमा सफलताका लागि सबैको सहयोगको अपेक्षा राखेको उनको भनाई छ।

मुख्यमन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिदै भविष्यमा थप सफलताको शुभकामना दिए।

खेलकुदले आफ्नोपनको भावना सृजना गर्नुका साथै देशलाई चिनाउन सक्ने भएकाले बागमती प्रदेशले भविष्यमा खेलकुदलाई विकास गर्दै लाने योजना बनाएको उनले बताए।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको‌ जानकारी दिए।

यसै महिना भएको पेरिस पारालिम्पिक्समा पलेशाले पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

ओलम्पिकर पारालिम्पिक्समा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियामा रजत पदक जितेकी थिइन्। एसियाडमा कराँतेलाई पदक दिलाउने एरिका पहिलो नेपाली खेलाडी हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group