ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्गकाे कन्सर्टमा ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   ३ : ५५   बजे

काठमाडौं ३ असोज । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा बिहीबार साँझ कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गरेको छ ।

बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली साँझ ६ बजेर ३० मिनेटमा दरबारमार्गमा पुग्नेछन् ।

कन्सर्टको सुरक्षामा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । कन्सर्टको सुरक्षा कमान्ड काठमाडौँका एसएसपी वसन्त रजौरेले गर्ने भएका छन् । कन्सर्ट स्थलमा एसपी नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

‘कन्सर्ट स्थलमा विरोध गर्न सक्ने समूहबारे प्रहरीले सूचना सङ्कलन गरिरहेको छ । सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । कन्सर्टमा आउने हरेक मान्छेलाई सुरक्षा दिनेगरी ब्यवस्थापन मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कन्सर्टस्थलमा परिचालन गरिने सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । न्यौपानेका अनुसार पशुपतिनाथ बाहिनीका बाहिनी पति डीआईजी किशोर प्रधानले सुरक्षा कमान्ड गर्नेछन् ।

‘नेशनल डे कन्सर्ट’ नाम दिइएको सो कन्सर्ट दरबारमार्गको मुख्य सडकमा आयोजना गर्नेगरी मञ्च बनाइएको छ । कन्सर्ट सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव० ऋषिराम तिवारीले बताए । सहसचिव तिवारीले भने, ‘आवश्यक सबै सुरक्षा व्यवस्था मिलाएका छौँ ।’

बालेन समर्थक ‘चुनौती’

असोज १ मा वसन्तपुरमा आयोजित इन्द्रजात्रामा १४ जना युवायुवती ‘बालेन सिटी’ लेखिएको टिसर्टमा देखिए । जात्रा आयोजक र उनीहरूको बिचमा ‘विवाद’ भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर छाड्यो । इन्द्रजात्रामा प्रधानमन्त्री केपी ओली सहभागी थिए र काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ थिएनन् ।

प्रधानमन्त्री र बालेनका बिचमा सामाजिक सञ्जालमा ‘घोचपेच’ चलिरहेको छ । नदी किनारमा थप २० मिटरको मापदण्ड लागू गर्ने लगायतका विषयमा उनीहरू फरक ‘किनारा’ मा छन् । एक जना उच्च सुरक्षा अधिकृतका अनुसार बालेन समूहले कन्सर्टमा ओलिबिरुद्ध नारबाजी गर्न सक्ने आकलन छ । बालेन समर्थक बाहेक अन्य संविधान विरोधी समूहले पनि कन्सर्टस्थलमा नाराबाजी र हुलदङ्गा गर्न सक्ने सुरक्षा निकायको आकलन छ ।

सम्भावित सुरक्षा चुनौतीबारे पूर्णरुपमा सुरक्षा तयारी गरिएको काठमाडौँका एसएसपी रजौरेले बताए । उनले भने– ‘सुरक्षा व्यवस्था चुस्त राख्न सबै कुराको तयारी हामीले गरेका छौँ ।’ सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले कन्सर्टस्थलमा ‘हुनसक्ने चुनौती आकलन’ गरिएको बताए । उनले भने, ‘चुनौती आकलन गरेर त्यसैअनुसार सुरक्षा व्यवस्थापन गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu