ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा माग्दै प्रहरीकोमा पुगे सीके राउत र श्रीमती सोनी सिन्धु रानी


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   ४ : ४२   बजे

काठमाडौं ३ असोज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ९सीके० र उनकी श्रीमती सोनी सिन्धु रानी सुरक्षा माग्दै प्रहरी कार्यालयमा पुगेका छन्। केहीदिनअघि राउत श्रीमतीबाटै असुरक्षित भएको भन्दै ललितपुरस्थित प्रहरी प्रभाग इमाडोल पुगेका हुन्।

अध्यक्ष राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए। त्यसपछि पनि उनीहरूबीचको विवाद भने रोकिएको छैन।

ललितपुरका एक प्रहरी अधिकारीका अनुसार, केहीदिनअघि अध्यक्ष राउतले श्रीमतीबाट असुरक्षा भएको भन्दै निवेदन दिएका थिए।

आज ९बिहीबार० उनकी पत्नी सोनी पनि प्रहरीकोमा सुरक्षा माग्न पुगेको ती प्रहरी अधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘डा। साब ९सीके राउत० ले श्रीमतीबाट असुरक्षित भएँ, सुरक्षा गरिपाउँ भनेर प्रहरी प्रभाग इमाडोलमा ३ ४ दिन अघि नै निवेदन दिनुभएको हो,’ ती प्रहरी अधिकारीले भने, ‘उहाँको मेडम पनि सातदोबाटोमा सम्पर्क राख्न आउनुभएको छ। निवेदन त दर्ता भएको छैन, प्रहरी कार्यालयमा चाहिँ आउनुभएको छ।’

राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन्।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो।

पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो।

मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

पछिल्लो समय उनको लगाव अध्यात्म, योग तथा ध्यानतिर देखिएको छ। उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group