ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   ४ : ५०   बजे

काठमाडौं ३ असोज । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ ।

जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित प्रभातफेरिमा मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको बताए । संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको उनको भनाइ छ ।

 

संघीयता आइसकेपछि गाउँगाउँमा विकासका कामहरू अघि बढेको उनले तर्क गरे । मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन सकिने भन्दै, संविधानमा रहेका असहमतिहरूको सार्थक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूलाई संस्थागत गर्दै परिमार्जन गरी जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डललगायत केही मन्त्रीहरु सहभागी थिए ।

मधेश सरकारले यसअघि संविधान दिवस मनाएको थिएन । साढे ६ वर्षसम्म जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहँदा नमनाइएको संविधान दिवस जसपा नेपाल सरकारबाट बाहिरिएपछि मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group