ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय होः अध्यक्ष ढकाल


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   २ : १७   बजे

काठमाडौं ४ असोज । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ढकालले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने सही समय हो । व्यवसायीहरुको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ ।’’

उहाँले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘१० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेष्टमेण्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रुपमा यदी मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिव ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ । अहिले पयर्टनको कुरा गर्दा पर्यटकको नम्बहरु बढेको छ । रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ ।’’

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि हुने दाबी गर्नुभयो । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu