ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा सरकार र प्रतिपक्षी दलहरूबीच जुट्यो सहमति


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   १ : ११   बजे

काठमाडौं ६ असोज । बागमती प्रदेशमा सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। आइतबार ९आज० प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सरकारी निवासमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको हो।

आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा करिब ३ घण्टा लामो छलफलका क्रममा सरकार र प्रतिपक्षी दलहरूबीचमा सहमति जुटेको हो।

सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज बस्ने प्रदेश सभा बैठक अवरोध गर्ने बताउँदै आएको थियो। सदनको संकट टार्न मुख्यमन्त्री लामाले आज बिहान सर्वदलीय बैठक आव्हान गरेका थिए।

बैठकमा विपक्षी दलहरूको माग पूरा गर्ने सहमति भएको माओवादी बागमती प्रदेशका सचेतक रत्न ढकालले बताए।

उनका अनुसार बजेट बनाउँदा सत्ता पक्ष र विपक्षीहरूबीच भएको लिखित सहमति कार्यान्वयन हुने भएको हो। बजेटको असन्तुलनलाई कसरी सन्तुलित बनाउनेरु सरकारले विपक्षी दलहरुको मागलाई कसरी सम्बोधन गर्नेरु लगायतका विषयमा छलफल र सहमति भएको सचेतक ढकालले बताए।

‘उतिबेलाको सरकार पक्ष हाल प्रमुख प्रतिपक्षी दल भैरहँदा र प्रतिपक्षी दल सरकारमा आउँदै गर्दा जस्तो सहमती भयो त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘उक्त माग सम्बोधन गरेर जाने भन्ने लिखित सहमति भयो। सरकारले आफ्नो विधि, विधान र मापदण्ड भन्दा बाहिर गएर चल्न भएन भन्ने हाम्रो कुरा हो। उहाँहरुले यसलाई सकारात्मक रुपले लिनुभएको छ।’

सचेतक ढकालका अनुसार आज बस्ने प्रदेश सभा बैठक सौहार्दपूर्ण वातावारणमा सञ्चालन गर्ने भन्ने समेत सहमति भएको बताइएको छ।

आज बस्ने प्रदेश सभा बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पूर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिमा उक्त तीनवटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो। सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा प्रदेश सभामा रहेका ७ दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी बाहेक ६ वटै दलका नेताहरूको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group