ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिनामै २९ जना पक्राउ लागुऔषधको ‘ट्रान्जिट प्वइन्ट’ मकवानपुर


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   १ : २४   बजे

काठमाडौं ६ असोज । गत भदौ ३० गते आइतबार बिहान ५ बजे हेटौँडा(१५ स्थित प्रहरी चौकी रातोमाटेमा चेकजाँचका क्रममा बा २१ प ५२२६ नम्बरको पिकअप गाडीमा २३० किलोग्राम लागुऔषध गाँजा फेला पर्‍यो।

त्यसपछि प्रहरीले गाडीसहित त्यसमा सवार धादिङको थाक्रे गाउँपालिका(४ बस्ने ३४ वर्षका जीवन मगर र सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने ३० वर्षका प्रदीप क्षेत्रीलाई नियन्त्रणमा लियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सो गाँजा भारत पुर्‍याउन ल्याइएको देखाएको छ। पक्राउ परेका मगर र क्षेत्रीविरुद्ध जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त गाँजा बरामद भएको ९ अघि मात्र भदौ २१ गते पनि मकवानपुर प्रहरीले १४ किलोग्राम गाँजासहित धादिङकै दुईजनालाई पक्राउ गरेको थियो।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको बसमा लुकाएर राखिएको अवस्थामा २८ वटा पोका गाँजा फेला पर्‍यो।

प्रहरीले सोही गाडीमा सवार धादिङको गजुरी गाउँपालिका(८ बस्ने ४२ वर्षका केदार तामाङ र सोही स्थानका ३६ वर्षका सुकमान तामाङलाई नियन्त्रणमा लियो।

पछिल्ला यी दुई घटना त प्रतिनिधि मात्रै हुन्।

छिमेकी देश भारतको सिमानानजिक रहेको मकवानपुरमा प्रहरीले बर्सेनि सयौँ किलो गाँजा बरामद गर्ने गरेको छ।

गाँजा मात्रै होइन, अफिम, खैरो हेरोइन, चरेस, क्लोरेस, नाइट्रोभेटजस्ता अन्य लागुऔषध पनि ठूलो मात्रामा बरामद हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर० को तथ्यांकले देखाउँछ।

चालु आर्थिक वर्ष २०८१र०८२ का दुई महिना अर्थात् साउन र भदौमा मात्रै लागुऔषध ओसारपसारमा मकवानपुर प्रहरीले २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

यो अवधिमा ४०२ किलो ९ ग्राम गाँजा बरामद गरिएको उनले बताए।

यस्तै अफिम १ ग्राम, खैरो हेरोइन २ ग्राम, चरेस ३० किलो २५० ग्राम र ३ सय क्याप्सुल नाइट्रोभेट बरामद गरिएको डीएसपी भण्डारीले जानकारी दिए। यसका लागि प्रयोग गरिएका ५ सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौँडा(पथलैया(वीरगन्ज सडक भएर छिमेकी मुलुक भारत पुग्न छोटो दूरी पर्छ। सो राजमार्गबाट मकवानपुर प्रहरीले बर्सेनि ठूलो मात्रामा गाँजासहितका लागुऔषध बरामद तथा सयौँ मानिस पक्राउ गर्ने गरेको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० मा ६ हजार ५ किलो ७ सय ग्राम गाँजा तथा १४ किलो १६० ग्राम अफिम, ५१ ग्राम खैरो हेरोइन, २१ किलो चरेस, १ हजार ५४० बोतल क्लोरेक्स, ४ हजार ४०२ ट्याबलेट नाइट्रोभेट र ३ हजार ९८१ एम्पुल डाइजेपाम बरामद गरिएको छ।

सो घटनामा २४८ जना पक्राउ परे भने उनीहरूविरुद्ध १५३ मुद्दा दर्ता भएका छन्। अनि उक्त लागुऔषध ओसारपसारमा प्रयोग गरिएका ४० सवारीसाधनलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारी बताउँछन्।

गत आर्थिक वर्ष २०८०र८१ मा झन् सो मामिलामा पक्राउ पर्नेको संख्या बढेको छ।

गत आर्थिक वर्ष लागुऔषधसहित २४९ जना मकवानपुर नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ। जसमा गाँजा ३ हजार ९३६ किलो १० ग्राम, अफिम १३ किलो ४० ग्राम, खैरो हेरोइन ७८ ग्राम, चरेस १०४ किलो ५४४ ग्राम, क्लोरेक्स १ हजार २०७ बोतल, नाइट्रोभेट २ हजार ५७५ ट्याबलेट र ४ हजार ४२६ एम्पुल डाइजेपाम बरामद भए।

डीएसपी भण्डारीका अनुसार उक्त आर्थिक वर्षमा लागुऔषध ओसारपसारमा प्रयोग गरिएका ३९ सवारीसाधन पनि नियन्त्रणमा लिइयो।

भारतसँगको खुला सीमामा कारण मकवानपुरमा लागुऔषध कारोबार व्यापक हुने गरेको छ। सो नियन्त्रणका लागि सुरक्षा जाँचमा कडाइ गर्दा पक्राउ पर्ने क्रम पनि बढेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group