ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक संघसंस्थाका कामकारबाही पारदर्शी हुनुपर्छ : मन्त्री सुडी


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   ३ : ५६   बजे

काठमाडौं ६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी हुनुपर्ने बताएका छन् ।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, संघसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्‌द्वारा आइतबार यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा मन्त्री सुडीले सामाजिक संघसंस्था समाजप्रति उत्तरदायी हुने हुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताए ।

ुसमाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ,ु उनले भने । उनले समाजकल्याण परिषद्‌बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

ुसमाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ,ु उनले भने । परिषद्‌का उपाध्यक्ष नन्दलाल माझीले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकार मिलेर काम गर्नुपर्ने बताए ।

परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०र८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भई २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छ सय ६३ को प्रगति हासिल भएको जानकारी गराए । उक्त आवमा १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा १७ करोड चार लाख आम्दानी भएको उनले बताए ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघमा अध्यक्ष रमेश धमलाले समाजकल्याण परिषद् एउटा सानो कोठाभित्र मात्रै सीमित हुन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu