काठमाडौं ७ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज ९सोमवार० बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।
फरारमध्ये एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागु औषध मुद्दाका जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया र सिराहा नपा १३ का अभाष्करकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै फरार हुने अभद्र व्यवहार मुद्दाका महोत्तरी जलेश्वर नपा ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन नपा २ का मनिष मण्डल रहेको धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनुभयो ।
धनुषा प्रहरीमा महिलाका लागि एकसहित ३ वटा हिरासत कक्षमा ५९ जना थुनुवा छन् । थुनुवा कक्षको सुरक्षाका लागि ५ जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्