ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   १२ : ३०   बजे

काठमाडौं ७ भदौ । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।

यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले अझै २०÷२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो

उहाँ भन्नुहुन्छ,“अबको २०(२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।

उपत्यकामा सङ्क्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कीटजन्य शाखाका प्रमुख डा।दाहालले सङ्ख्यात्मक हिसाबले काठमाडौं उपत्यकामा पनि डेंगु सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,“बिरामी सामान्य उपचार गराउन पनि काठमाडौं आउने भएकाले होला पछिल्लो समय उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ ।” पछिल्ला केही हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

दुई तीन दिनमा नै डेंगुका दर्जनौ बिरामी थपिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,“डेंगु सङ्क्रमण भएर अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । दुई दिनमा नै दर्जनौं बिरामी थपिएका छन् । डेढ हप्तामा १४० भन्दा बढी डेंगु भएर बिरामी आएका छन् ।”

उहाँका अनुसार अस्पतालको इमर्जेन्सीमा बिरामी तारन्तार वान्ता भई, शरीर सहनै नसक्ने गरी दुखेर, बेहोस भएर आउने र परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ । डा।पुन भन्नुहुन्छ,“डेंगुका बिरामीको भर्नादर धेरै नभए पनि,जोर्नी दुखेर, शरीर धेरै दुखेर बिरामी आउने गर्दछन् । रगत परीक्षण गर्दा डेंगु पुष्टि हुने क्रम बढ्दो छ ।” धेरै सङ्क्रमित अस्पतालसम्म नपुगेको हुनसक्ने उहाँको तर्क छ ।

यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ । दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने डा।दाहाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।”

 

डेंगु कस्तो रोग हो ?

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुनले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन । सङ्क्रमण भएको चारदेखि १० दिनसम्माम सामान्यतया डेंगुका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा।पुन बताउनुहुन्छ ।

डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा।पुनको सुझाव छ । बिरामीलाई असाध्यै जोर्नीमा अत्यन्त दुःखाइ भएमा, तारन्तार वान्त भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा। पुनको सुझाव छ ।

घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागी प्यारासिटामोल खान डा।पुनको सुझाव छ । बिरामीले झोलिलो खानेकुरा प्रसस्थमा खान उहाँको आग्रह छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन,सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group