ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रवि लामिछानेलाई पक्राउ गर्न माग


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   १ : ०८   बजे

काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।

पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् । ‘कुनै रवि वा अमुक व्यक्तिको कुरा भएन । यो त पार्टीको जस्तो भयो,’ सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीले न्याय मागेको हो । उहाँहरू न्यायको विरुद्ध प्रदर्शनमा उत्रिनुभयो । हामी पनि बचाउका लागि सडकमा झर्न बाध्य भयौँ ।’

उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ । पीडितहरूले प्रशासन कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् ।

पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतम चाहिँ आफूहरू पीडितकै पक्षमा भएको बताउँछन् । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हामी फासिस्ट सरकारका विरुद्ध मैदान ओर्लिएका डौँ । सहकारी पीडितलाई दुःख दिन आएका होइनौँ । उहाँहरूको न्यायका लागि नै जुटेका हौँ ।’

पीडितहरूले सहिद चोकमा न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले यसअघि रवि लामिछाने पोखरा आएको कार्यक्रममा समेत प्रदर्शन गरेका थिए भने कालो झन्डा देखाएर विरोध जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu