ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकमको एमडी बनाउन नसकेपछि पराजुलीलाई सञ्चारमन्त्रीले नियुक्त गरे आईटी विज्ञ


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   ४ : ०४   बजे

काठमाडौं ७ असोज ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशक एमडी बन्न नसकेका डा। शालिग्राम पराजुलीले सञ्चारमन्त्रीको सूचना प्रविधि आईटी विज्ञको नियुक्ति पाएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमको प्रबन्ध निर्देशक बनाउन नसकेपछि पराजुलीलाई आफ्नो आईटी विज्ञ नियुक्त गरेका हुन्।

सोमबार मन्त्री गुरुङले पराजुलीलाई नियुक्त गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचारको मुद्दा परेर खाली भएको स्थानमा पराजुलीले नियुक्तिको लागि आवेदन दिएका थिए। १६ जनाको संक्षिप्त सूची ९सर्ट लिस्ट०मा परे पनि कार्यवाहक प्रबन्ध निर्देशक रहेकी संगिता पहाडी नियुक्त भएकी थिइन्।

‘उहाँले नेपाल टेलिकमको प्रबन्ध निर्देशक हुनको लागि लबिङ गर्नुभएको थियो’, मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रबन्ध निर्देशकमा पहाडी भएसँगै पराजुलीलाई मन्त्रालयमा आईटी विज्ञको रुपमा नियुक्ति पाउनुभएको हो।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा असार ५ गते नै आवेदकको सर्ट लिस्ट तयार गरेको थियो। जसमा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा। विमल आचार्य, संगिता पहाडी अर्याल, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिल कुमार झा, डा। ई शालिग्राम पराजुली, लक्ष्मण महर्जन, नगेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य थिए।

तर तत्कालीन नेकपा एमाले–माओवादीको गठबन्धन भत्किएसँगै टेलिकममा नियुक्ति हुन पाएन। केपी शर्मा ओली प्रधानमन्त्री बनेको करिब २ महिना अर्थात् भदौ २० गते संगिता पहाडीलाई नियुक्त गरेको थियो।

ओली प्रधानमन्त्री र पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री भएपछि पराजुली प्रबन्ध निर्देशक हुने चर्चा थियो। तर ३ जना सिफारिस भएकोमा मन्त्रिपरिषद् बैठकले प्रबन्ध निर्देशकमा पहाडीलाई नियुक्त गरेको थियो।

मन्त्री गुरुङले आफूनिकट कर्मचारीहरुको लबिङमा पराजुलीलाई नियुक्त गरेका हुन्। तर पराजुलीले अहिलेसम्म पत्र नपाइसकेको बताए।
‘बाहिर आएको विषयमा मात्रै नियुक्त भएँ भन्न सकिएन। मसँग अहिलेसम्म पत्र आइपुगेको छैन’, पराजुलीले भने, ‘मन्त्रालयबाट आधिकारिक पत्र आएपछि मात्रै भन्न सकिएला नि१’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र कुमार ठाकुरले मन्त्रीको आईटी विज्ञको रुपमा डा। शालिग्राम पराजुली नियुक्त भएको पुष्टि गरे।

‘शालिग्राम पराजुली मन्त्रीज्यूको सूचना प्रविधि विज्ञको रुपमा नियुक्त हुनुभएको छ’, ठाकुरले भने, ‘अहिले नेपाल टेलिकममा कार्यरत उहाँले अब मन्त्रालयको विज्ञका रुपमा काम गर्नुहुन्छ।’

को हुन् पराजुलीरु
पराजुली क्लाउड कम्प्युटिङ र ई गर्भनेन्स मोडलमा विद्यावारिधि गरेका उनी नेपाल टेलिकमको प्रबन्धक रहेका छन्। इन्जिनियर शालिग्राम पराजुली माडी नगरपालिका १ चितवनका स्थायी बासिन्दा हुन्।

‘नेपाल टेलिकममा प्रबन्धकको रुपमा काम गरिराख्नुभएको छ। उहाँ १० तहको कर्मचारी हो’, टेलिकमका एक कर्मचारीले भने, ‘पराजुली सर एमाले निकट मानिनुहुन्छ। यसअघि प्रबन्ध निर्देशक हुने हल्ला पनि थियो।’

पराजुलीले नेपाल टेलिकममा करिब २५ वर्ष बिताएका छन्। नेपाल टेलिकममा नेटवर्क र प्रादेशिक समन्वय विभागको चिफ अपरेटिङ अफिसर रहेका छन्। सेक्युरिटी अडिटमा उनको दक्षता बढी मानिन्छ। आन्तरिक परीक्षण र अपरेसन म्यानेजमेन्टमा बढी अनुभव छ।

साइबर सुरक्षा अनुसन्धान तथा अन्वेषणमा केन्द्रमा फ्रिलेन्सरको रुपमा काम गरिरहेका छन्। उनी अहिले उक्त केन्द्रको महासचिव समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group