काठमाडौं , २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । देउवाले ४४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सिंहले १९ मत पाएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्