ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा कार्यकर्ताविरुद्ध सहकारीपीडितको टिप्पणी- नाटकीय प्रदर्शन, मानवता हराएका मानिस


एबीसी न्यूज
९ आश्विन २०८१, बुधबार   ३ : ४७   बजे

काठमाडौं ९ असोज ।  गत सोमबार पोखराको सहिदचोकमा सहकारीपीडितका नाममा नाराबाजी गर्ने दुईथरी मान्छे देखिए।

तीमध्ये एकातिरकाले सहकारीपीडितलाई न्याय देऊ, फासिस्ट सरकार मुर्दावाद, सरकारको षड्यन्त्रविरुद्ध भण्डाफोर गरौँलगायत लेखिएका प्लेकार्ड बोकेका थिए भनेका अर्कोतिरकाले घण्टी बजाएर पैसा खाने ठगहरू होसियार, सहकारी ठगलाई कारबाही गर, हाम्रो बचत फिर्ता गर, रवि लामिछानेलाई पक्राउ गरजस्ता नारा लगाइरहेका थिए।

सरकारविरुद्ध नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यकर्ता थिए। अघिल्लो दिन ९असोज ७ गते० रास्वपाकै सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविराज जोशी पक्राउ परेछि उनीहरू सडकमा उत्रिएका थिए।

छवि पक्राउपछि रविलाई पनि पक्रने आशंकाले सांकेतिक विरोध गर्न आफूहरू सडकमा आएको रास्वपा गण्डकीका सभापति एकराज न्यौपानेले बताएका थिए।

उता सूर्यदर्शन बचतपीडित तदर्थ संघर्ष समितिका संयोजक किरण श्रेष्ठको कुरा फेरि भिन्नै थियो।

‘सहकारीपीडितलाई न्याय दे भन्ने तर हाम्रा सभापतिलाई पक्राउ नगर भन्नुको अर्थ पीडितलाई थप पीडा दिनु र दोषीलाई उम्काउने षड्यन्त्र हो, हामीले उहाँहरू प्रदर्शनमा उत्रनुहुन्छ भन्ने सोचेका पनि थिएनौँ तर सडकमा आउनुभएछ’, उनी भन्दै थिए, ‘हामीले व्यक्ति रविको विरुद्ध जाहेरी दिएको हो, रास्वपाविरुद्ध हैन तर सिंगो पार्टी प्रतिरोधमा उत्रिएर पीडितको आँशुमाथि खेलबाड भयो, आँशुको अगाडि दम्भ र शक्तिको नांगो प्रदर्शन गरियो।’

सहकारीका वास्तविक पीडित र रास्वपा कार्यकर्ताबीच जिल्ला प्रशासन कार्यालयअगाडि जुहारी चलिरहेकै बेला सूर्यदर्शन सहकारी ठगी काण्डमा पक्राउ परेका छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दियो। अहिले उनका विषयमा अदालतमा बहस चलिरहेको छ।

यसैबीच सहकारीपीडितहरूले आज बुधबार विज्ञप्ति जारी गर्दै आफूहरूविरुद्ध सिंगो पार्टी रास्वपा० नै लागेको भनी आपत्ति प्रकट गरेका छन्।

सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचतपीडित संघ कास्कीले संयुक्त विज्ञप्ति जारी गरी रास्वपाको प्रदर्शनप्रति विरोध जनाएका हुन्।

विज्ञप्तिमा ‘वास्तविक सहकारीपीडितको पहिचानमाथि नै प्रश्नचिह्न खडा हुने किसिमको अभिव्यक्ति र नाराको साथ सामाजिक सञ्जालमा पनि विभिन्न झुटा लाञ्छना यिनै पार्टीका मुख्य व्यक्ति तथा कार्यकर्ताले निरन्तर लगाइराखेका छन् तर यी यस्ता झुटा लाञ्छना र पार्टीका झोले, नक्कली पीडित या परिचालित व्यक्तिजस्ता शब्दले सहकारीपीडितलाई कुनै फरक नपर्ने’ उल्लेख गरिएको छ।

साथै उनीहरूले प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताहरूलाई मानवता हराएका व्यक्तिको संज्ञा पनि दिएका छन्।

रास्वपाको नाम नलिई विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी यस्ता दस झुटा लाञ्छना सहन तयार छौँ तर त्यसको बदलामा एक पीडितको रकम फिर्ता होस् भन्ने कुरामा तपाईं र तपाईंको पार्टी सहमत छरु हामी सहकारी पीडितको जीवनयापनमा के समस्या छ भन्ने र कति समस्या छ भन्ने कुरा आजसम्म कसैले चिहाएर हेर्ने प्रयास गरेको छरु आज एउटा उदीयमान राजनीतिक पार्टीले देशको विकास, जनताको न्याय र सुशासनको पक्षमा काम गर्नु र बोल्नुपर्ने बेलामा सहकारीपीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाइमा पनि लाज लागेर आएको छ।’

बचत फिर्ताको सुनिश्चितता नभएसम्म संघर्ष जारी राख्ने र सहकारीपीडितलाई नै फुटाउने कार्यविरुद्ध लागिरहने अडान पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

गएको माघ २६ गते सूर्यदर्शन सहकारीका पीडितले कास्की प्रहरीमा दिएको पूरक निवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरिएको छ।

सोही जाहेरीलाई आधार बनाएर सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले रविविरुद्ध कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ भने गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group